नवलपरासीमा सभापति देउवाइतर समूहको प्यानल नै विजयी

नवलपरासीमा सभापति देउवाइतर समूहको प्यानल नै विजयी


  • आरपी उपाध्याय, नवलपरासी

नेपाली कांग्रेस पश्चिम नवलपरासीको सभापतिसहित सम्पूर्ण प्यानल नै कांग्रेस सभापति देउवाइतर समूहले जितेको छ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत पश्चिम नवलपरासीमा जिल्ला नेतृत्व चयनका लागि भएको मतदानबाट देउवाइतरका निवर्तमान उपसभापति अर्जुन पोख्रेलले भारी मतका साथ विजय हासिल गरेका हुन् ।

क्षेत्र नम्बर १ बाट ६ सय ४६ र क्षेत्र नम्बर २ बाट ६ सय ८३ मत गरी १३२९ मत खसेको र पार्टी कार्यालय बीपी स्मृति भवनमा मतगणना भएको थियो ।
कुल मतदातामध्ये १७ मत भने नखसेको मतदान अधिकृत दीपक भट्टराईले जानकारी दिए । जिल्ला सभापतिमा देउवा गुटबाट शिक्षक संघका पूर्वअध्यक्ष मोहन शर्मा र इतर गुटबाट वर्तमान जिल्ला उपसभापति अर्जुन कुमार पोखरेलले उम्मेदवारी दिएका थिए ।

देउवा समुहबाट उपसभापतिमा राधेश्याम पाठक र कमला पराजुली तिवारी, सचिवमा देवराज भण्डारी र गजानन्द पटेलले उम्मेदवारी दिएका थिए भने सहसचिवमा मुरली कृष्ण खनाल र राधेश्याम चौधरी चुनावी मैदानमा उत्रिएका थिए । यस्तै, देउवाइतर गुटबाट उपसभापतिमा विक्रमप्रसाद यादव र अनिल कुमार गौड, सचिवमा कुलदीप प्रसाद आचार्य र उमेशचन्द्र यादव, सहसचिवमा सन्तबहादुर गाहा र दीपक बराल क्षेत्रीले उम्मेदवारी दिएका थिए ।

मत परिणामअनुसार सभापतिका उम्मेदवार अर्जुन पोखरेले १९५ मत अन्तरले विजयी हुन सफल हुभएका हुन् । पोख्रेलले ७५६ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी मोहन शर्माले ५६१ मत प्राप्त गरे । यस्तै, उपसभापतिमा अनिल कुमार गौड र विक्रम प्रसाद यादव विजयी भएका छन् । उपसभापति गौडले ६९६ मत र यादवले ७०९ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिस्पर्धी कमला पराजुली तिवारीले ६१७ मत र राधेश्याम पाठकले ५६४ मत प्राप्त गरेका थिए ।

त्यस्तै, सचिवमा उमेश चन्द्र यादव र कुलदीप प्रसाद आचार्य विजयी भएका छन् । सचिव यादवले ७२५ मत र आचार्यले ७११ मत ल्याउँदा वनका प्रतिस्पर्धी गजानन्द पटेलले ५६३ र देवराज भण्डारीले ५६९ मत प्राप्त गरेका निर्वाचन समितिले जनाएको छ । यस्तै सहसचिवमा दीपक बराल क्षेत्री र सन्तबहादुर गाहा विजयी बनेका छन् । सहसचिव क्षेत्रीले ७२१ मत र गाहाले ७०९ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी मुरलीकृष्ण खनालले ५४० मत र राधेश्याम चौधरीले ६१३ मत प्राप्त गरेका छन् ।

सदस्य पदमा प्रतापपुरबाट राधिका कुमारी पाण्डेय र अजयमणी त्रिपाठी विजयी बनेका छन् । पाल्हीनन्दनबाट गौरीदेवी कौशल र चन्द्रमणी चौधरी, सरावलबाट उत्तमा कुमारी राय र हरिप्रसाद शर्मा ढकाल, सुस्ताबाट विमला ढुंगाना उपाध्याय र चन्द्रकान्त खनाल, बर्दघाट नगरपालिकाबाट साधिका सापकोटा, कमल थापा र मान बहादुर थापाले जित हासिल गरेका छन् । यस्तै, रामग्राम नगरपालिकाबाट आरधना भट्ट, गोपाल डिस्वा मगर र विरेन्द्र कुमार अग्रहरी, सुनवल नगरपालिकाबाट दुर्गा कोइराला, विष्णु प्रसाद सुवेदी र यमलाल पाण्डे विजयी बनेका छन् ।

यसैगरी, समानुपातिकतर्फको जिल्ला सदस्यहरुमा मन्जु खत्री र रामबहादुर क्षेत्री आदिवासी जनजाति प्रेमबहादुर कामु मगर, मधेशी महिलातर्फ रिना कुमारी गुप्ता, खुल्लातर्फ सतिसचन्द्र चौधरी (कुर्मी) र हरिप्रसाद यादव विजयी भएका छन् । यस्तै दलिततर्फ शान्ति सुनार, तपचन्द्र विश्वकर्मा प्रवासी, थारु महिला र खुलातर्फ तिर्थदेवी थारु र झिन्कु सिह चौधरी, मुस्लिमतर्फ विसमिल्ला जोलहा र अल्पसंख्यक वा अपाङ्गतर्फ खुमाकान्त तिवारी विजयी बनेको निर्वाचन समितिले जनाएको छ ।

त्यसैगरी पुर्वी नवलपरासीमा पालिका, प्रदेश र क्षेत्रीय अधिवेशन सम्पन्न भैसकेको जिल्ला निर्वाचन समितिले जानकारी दिएको छ। काङ्ग्रेस जिल्ला समितिको निर्वाचन आउँदो मङ्सिर २० गते हुने भएको छ । पूर्वी नवलपरासीमा काङ्ग्रेस केन्द्रीय सदस्य सशाङ्क कोइरालाको एउटा गुट छ भने वरिष्ठ नेता रामचन्द्र पौडेलको अर्को गुट पनि सक्रिय रहेको पाइएको छ। मङ्सिर २० को निर्वाचनमा कोइराला गुटबाट मदनभक्त्त अधिकारी र पौडेल गुटको तर्फबाट महेन्द्र जिसीको पाइनल चुनावी मैदनमा उत्रिने बुझिएको छ।