महिला क्रिकेट : युएईद्वारा नेपालसामु १२८ रनको चुनौती प्रस्तुत

महिला क्रिकेट : युएईद्वारा नेपालसामु १२८ रनको चुनौती प्रस्तुत



आइसिसी महिला टी-ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई)ले नेपाललाई जीतका लागि १२८ रनको लक्ष्य दिएको छ ।

दुबईको आइसिसी एकेडेमी ग्राउन्डमा टस हारेर पहिलो ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १२७ रनको योगफल बनायो । युएईका लागि चामानी सेनेभिरत्नाले सर्वाधिक ५२ रनको योगदान दिइन् भने थिर्था सतिसले ४७ तथा कभिसा इगोडेजले २२ रनको योगदान गरिन् ।

बलिङतर्फ नेपालकी कविता कुँवरले २ विकेट लिइन् भने सबनम राई, सीता राना मगर र सङ्गीता राईले एक–एक विकेट हात पारे ।

विभिन्न ६ राष्ट्र सहभागी उक्त प्रतियोगिताबाट शीर्ष स्थान हात पार्ने टोलीले ग्लोबल छनोटमा स्थान बनाउनेछ । त्यसका लागि पनि आजको खेलमा नेपालले जित्नै पर्ने दबाब छ ।