आजको पञ्चाङ्ग एवम् राशिफल (११ मंसिर २०७८ शनिबार, २७ नोभेम्बर २०२१)

आजको पञ्चाङ्ग एवम् राशिफल (११ मंसिर २०७८ शनिबार, २७ नोभेम्बर २०२१)


अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४३ नेपाल सं. ११४२ हेमन्त ऋतु वि.सं. २०७८ मार्गशीर्ष ११ गते शनिबार तद्अनुसार सन् २०२१ नोभेम्बर २७ तारिख मार्गशीर्ष कृष्णपक्ष अष्टमी तिथि मघा नक्षत्र वैधृति योग बालब करण आनन्दादिमा पद्म योग चन्द्रमा सिंह राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ६ः३५ मा र सूर्यास्त साँझ १७ः७ मा हुनेछ । अष्टमी व्रत, भैरवाष्टमी, गोरखकाली पूजा, साँझमा भैरवको उत्पत्ति ।

आजको राशिफल

मेष – तार्किक क्षमताले प्रशंसा दिलाए पनि अवसरवादीहरुले कमजोरीको फाइदा उठाउन सक्छन् ।सार्वजनिक कार्यमा सफलता प्राप्त हुनेछ । नियमित कर्ममा प्रवृत्ति बढ्नेछ । मित्रजन तथा सन्तान आदिको सहयोग प्राप्त हुनेछ । व्यापारमा सफलता हासिल हुनेछ । आँट साहस उत्साह थपिनेछ । बौद्धिक र सृजनात्मक काम होला ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्ला । खेलकुद र भ्रमणमा आकर्षण बढ्ला । बोली र व्यक्तित्वको प्रभावमा वृद्धि होला ।

वृष – आँटले काम लिन नसक्दा घाटा पुग्न सक्छ । सहयोगीहरूको साथ भने प्राप्त हुनेछ । धनसम्पत्ति बढ्नेछ । बौद्धिक र रचनात्मक काम बन्नुका साथै सुख शान्ति समृद्धि पनि प्राप्त हुनेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । मिठो भोजन खान पाउनुहुनेछ । मान सम्मान बढ्ला । विजय प्राप्त हुनेछ ।

मिथुन – चुनौतीपूर्ण दिन छ । नयाँ काम र जिम्मेवारी हात पर्ला । नियमकानूनलाई ध्यानमा राख्नुपर्ला । कठोर परिश्रमले कार्यमा सफलता प्राप्त हुनेछ । खेलकुद र भ्रमणमा आकर्षण बढ्नेछ । व्यस्तता बढ्नेछ । हांसविलासमा आकर्षण बढ्नेछ । ऋण रोग र शत्रुप्रति सचेत रहनुहोला ।

कर्कट – फजुल खर्च बढ्न सक्छ । अस्वस्थता हुन सक्छ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । मान महत्वमा कमी आउनेछैन । वार्तामा सफलता प्राप्त हुनेछ । पारिवारिक वातावरण अनुकूल रहनेछ । सुख र सफलता मिल्नेछ । समस्याको समाधान मिल्नेछ । अरुको भरमा नबसी आफ्नै बल र विवेकले काम गर्नु हितकर रहला ।

सिंह – रोकिएका काम बन्नेछन् । आलोचकहरुले हार खानेछन् । मिठो भोजन प्राप्त हुनेछ । प्रेममा सफलता हासिल हुनेछ । इष्टमित्रको साथ प्राप्त हुनेछ । सन्तान सुख बढ्नेछ । खर्चमा कमी आउनेछ । हासविलासमा रुचि बढ्नेछ । विकासको नयाँ सम्भावना देखापर्ने छ । आशा उत्साह थपिनेछ । समस्याको समाधान मिल्नेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ ।

कन्या – मनग्गे धन आर्जन होलान् । कीर्तिमानी कार्य हुन सक्छ । मिहीनेतले सफलता प्राप्त हुनेछ । वार्तामा सफलता मिल्नेछ । धन सम्पत्ति बढ्ला । शुभ र भाग्यवर्द्धक काममा प्रवृत्त रहनु हितकर हुनेछ । रसरागमा रुचि बढ्ला । यात्रा हुनेछ । मान पुरस्कार मिल्नेछ । भागदौड बढ्ला । ख्याति फैलिनेछ । व्यस्तता बढ्नेछ ।

तुला – अरुको मुख ताक्ने बानीले असफलता ब्यहोर्नुपर्ला । मन मिल्ने साथीसँग भेट होला । आशा उत्साह बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ । आफन्तको साथ प्राप्त हुनेछ । भोगविलासमा आकर्षण बढ्नेछ । शैक्षिक, बौद्धिक, कलात्मक, गीतसंगीत आदि कार्यमा आकर्षण बढ्नेछ । मिठो भोजन खान पाउनुहुनेछ ।

वृश्चिक – आफ्नै कमजोरीले अवसर गुम्न सक्छ । बौद्धिक जमातलाई आकर्षित गरिने छ । धनलाभ होला । मान महत्व बढ्नेछ । आफन्तको साथ मिल्नेछ । ऐश्वर्य अभिवृद्धि हुनेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । गीतसंगीतमा आकर्षण बढ्नेछ । आरोग्यता बढ्ला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । दूरदेशबाट शुभ समाचार सुन्नु हुनेछ । इष्टमित्र सन्तानसुख बढ्ला ।

धनु – सामाजिक उत्तरदायित्व बहन गरिएला । मिठो भोजन प्राप्त हुनेछ । आरोग्यता बढ्ला । शत्रुलाई जित्ने क्षमता बढ्नेछ । आर्थिक उनन्ति हुनेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । वार्तामा सफलता मिल्नेछ । मान पदबी भेट्नेछ ।

मकर – सोचेको काम बन्नुका साथै थप अवसर हात पर्न सक्छ । यात्रामा सफलता मिल्नेछ । शुभ र भाग्यवर्द्धक काममा सफलता मिल्नेछ । सुख समृद्धि बढ्ला । सन्तानसुख बढ्ला । मिठो भोजन मिल्नेछ । शुभ काम बन्नेछ । उन्नति पदोन्नति हुनेछ । मान महत्व बढ्ला ।

कुम्भ – आम्दानीका श्रोत फेला पर्नेछन् । काममा सफलता मिल्नेछ । समस्याको समाधान मिल्नेछ । यात्रा होला । खेलकुद भ्रमणमा रुचि बढ्ला । मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्ला । सुख शान्ति समृद्धि बढ्नेछ । शुभ र भाग्यवर्द्धक काम बन्नेछ ।

मीन – गरेका कामबाट प्रशस्त लाभ मिल्नेछ । खर्च भने बढ्ला । रोकिएका काममा पुनः प्रयत्न गर्नु उपयुक्त हुनेछ । स्वास्थ्यप्रति सजग रहनु पर्नेछ । खर्च बढ्नेछ । यात्रापरक काममा सफलता मिल्नेछ । ऋण रोग र शत्रुलाई जीत्ने क्षमता बनिरहला । मिठो भोजन मिल्नेछ । रोकिएको काम बन्ला । मनोकुलको काम बनेर मन प्रसन्न भैजानेछ । रसरागमा आकर्षण बढ्नेछ । सुखको बस्तुमा खर्च बढ्ला । आफन्तको सहयोग प्राप्त होला । जीवनसाथीको साथ प्राप्त होला ।