१३ मंसिर २०७८, सोमबार

क्यानडामा १७ प्रतिशत बालबालिका गरिबीमा

  प्रकाशित मिति
९ मंसिर २०७८, बिहीबार ०९:०४



तेह्र लाख क्यानेडेली बालबालिकाहरू गरिबीमा बाँचिरहेको अभियान २००० नामक संस्थाले बुधबार जारी गरेको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ । यो सङ्ख्या कुल बालबालिकाको १७.७ प्रतिशत हो ।

प्रतिवेदनका अनुसार ती बच्चाहरूले आधारभूत आवश्यकताको परिपूर्ति समेत गर्न नपाएको जनाइएको छ । व्यवस्थित खानपान, सुकिला लुगाफाटो, पारिवारिक सन्तुलन, बाबुआमाको आम्दानी लगायतका शीर्षकका आधारमा उक्त अध्ययन(अनुसन्धान गरिएको थिए जसमा प्रायः सबै शीर्षकमा ती बालबालिकाको अवस्था दयनीय रहेको पाइएको छ ।

सन् २०१९ बाट उपलब्ध नवीनतम तथ्याङ्कहरू प्रयोग गरी गरिएको अध्ययन प्रतिवेदनले आम्दानी, स्वास्थ्य र सामाजिक असमानता र बालबालिका र पारिवारिक गरिबीको गहिरो स्तरको स्पष्ट चित्र चित्रण गरेको छ। क्यानाडामा सबैभन्दा उच्च बाल गरिबी दर नुनाभट क्षेत्रमा छ जहाँ ३४ प्रतिशतमा छ । त्यसैगरी मनिटोबा प्रान्तमा २८।४ प्रतिशत रहेको छ ।

उक्त प्रतिवेदनले क्यानाडा सरकारलाई बालबालिकाको सुरक्षाका लागि थप साहसिक र निर्णायक कदम चाल्न आग्रह गरेको छ । यो प्रतिवेदन भर्खरै उपलब्ध कर डाटामा आधारित छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माबीच आइतबार भेट भएको छ । मुख्यमन्त्री कार्यालयमै दिउँसो

झापाको कनकाई नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गको विरिङ पुलमा भएको सवारी दुर्घटनामा परी एकको मृत्यु भएको छ भने २२ जना घाइते

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९२ हजार १००मा कारोबार

गणेशराज वस्ती भारी बोक्ने दाइहिँड्नुहोस् रमाइ-रमाइ !उकालोमा आफ्नै कपाल समाइओह्रालोमा खुट्टा कमाइ-कमाइ !तिम्रो जिन्दगीन बन्धकी न त राजीनामा !त्यसैले त-पातिघारी