एनओसीको साधारणसभा आगामी पुष १३ गते

एनओसीको साधारणसभा आगामी पुष १३ गते



नेपाल ओलम्पिक कमिटीको हालै बसेको बैठकले आगामी पुष १३ (डिसेम्बर २८)मा साधारणसभा गर्ने निर्णय गरेको छ ।

कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा बसेको बोर्ड बैठकले पुष दोस्रो साता साधारणसभा गर्ने निर्णय गरेको हो । बैठकले नेपाल स्पोर्टस लिडर मिट सन् २०२२ को जनवरीमा गर्ने निर्णय पनि गरेको छ ।

सो बैठकले सन् २०२२ को अप्रिल ६ मा बुद्धको जन्मभूमि लुम्बिनीमा बृहत अन्तर्राष्ट्रिय कार्यक्रम पनि गर्ने निर्णय पनि गरेको छ । स्पोर्टस एन्ड डेभलपमेन्ट फर पिस डेको अवसरमा उक्त कार्यक्रम गरिन लागेको हो ।

यस्तै, नेपालले चिल्ड्रेन अफ एसिया इन्टरनेसनल स्पोर्टस गेम आयोजना गर्न प्रस्ताव गर्ने सुरुआती निर्णय पनि गरेको छ । । भ्लाडिभोस्टोकमा चिल्ड्रेन अफ एसिया इन्टरनेसनल स्पोर्टस गेम सेभ द सिसनको सेमिनार भएको थियो ।

उक्त कार्यक्रममा कमिटीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्द बैद्यले सहभागिता जनाएका थिए ।