१३ मंसिर २०७८, सोमबार

लैङ्गिक हिंसारहित समाज निर्माण गर्न सबै सहयोग आवश्यक : प्रधानमन्त्री देउवा

  प्रकाशित मिति
९ मंसिर २०७८, बिहीबार ०२:०४



प्रधानमन्त्री शेरबहादुर देउवाले लैङ्गिक हिंसारहित समाज र मुलुक निर्माण गर्न सबैको सहयोग आवश्यकपर्ने उल्लेख गर्नुभएको छ । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका अवसरमा एक सन्देश जारी गर्दै उहाँले अभियानलाई प्रभावरकारीरुपले मनाउन सङ्घ, प्रदेश र स्थानीय तहलगायत सम्बन्धित सरोकारवाला निकायलाई आग्रह गर्नुभएको छ ।

नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाइने लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान यस वर्ष नेपालमा पनि ‘घरैबाट सुरु गरौँ, महिला हिंसा अन्त्य गरौँ’ भन्ने राष्ट्रिय नाराका साथ मनाउन लागिएको छ । देशव्यापीरुपमा लैङ्गिक हिसाविरुद्धको अभियानमा अग्रसर भई हिंसा न्यूनीकरणमा योगदान पुऱ्याउने राजनीतिकर्मी, नागरिक समाज, राष्ट्रिय अन्तर्राष्ट्रिय सरकार तथा गैरसरकारी सङ्घसंस्थालगायत सरोकारवाला सम्पूर्ण निकायको समन्वयमा सुरक्षित तरिकाले विभिन्न कार्यक्रम आआफ्नो स्थानबाट अभियानका रुपमा सञ्चालन गरिने उहाँले बताउनुभएको छ ।

प्रधानमन्त्री देउवाले यस अभियानले हामी सबैलाई कुरीति, पछौटेपन, अशिक्षा, अन्धविश्वास र कतिपय हानिकारक अभ्यासका कारण समाजमा देखिने लैङ्गिक हिंसाको पूर्णरुपमा अन्त्य गर्न थप ऊर्जा मिलोस् भन्ने कामनासमेत गर्नुभएको छ । उहाँले अभियानमा मुलुकभर विभिन्न तह र निकायबाट सञ्चालन हुने क्रियाकलापले लैङ्गिक हिंसारहित सभ्य र समतामूलक समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिनुभएको छ ।

लैङ्गिक हिंसाको अन्त्य गर्न, हिंसापीडित तथा प्रभावितको मानवाधिकारको संरक्षण र सम्वद्र्धनका लागि संवेदनशील हुुनुका साथै लैङ्गिक हिंसा अन्त्य गर्ने सरकराको यस अभियानमा सबैको प्रतिबद्धता र ऐक्यबद्धताका निम्ति प्रधानमन्त्री देउवाले आग्रह गर्नुभएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माबीच आइतबार भेट भएको छ । मुख्यमन्त्री कार्यालयमै दिउँसो

झापाको कनकाई नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गको विरिङ पुलमा भएको सवारी दुर्घटनामा परी एकको मृत्यु भएको छ भने २२ जना घाइते

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९२ हजार १००मा कारोबार

गणेशराज वस्ती भारी बोक्ने दाइहिँड्नुहोस् रमाइ-रमाइ !उकालोमा आफ्नै कपाल समाइओह्रालोमा खुट्टा कमाइ-कमाइ !तिम्रो जिन्दगीन बन्धकी न त राजीनामा !त्यसैले त-पातिघारी