‘सरकारले जवाफ देओस्’

‘सरकारले जवाफ देओस्’



विदेशी धार्मिक गुरु, सन्यासी, पादरी, मुल्लाह या भिक्षुको यथोचित स्वागत सत्कार हुनु राम्रो हो । तर, धार्मिकभन्दा राजनीतिक र राजनितिक भन्दा व्यापारिक प्रभाव पार्ने यस्ता विदेशी गुरु, सन्यासी, पादरी, मुल्लाह या भिक्षुको स्वागत सत्कार के-कसरी गर्ने भनेर सरकारले गहन विचार पुऱ्याएको देखिएन ।

साथै स्वदेशी गुरु, योगी, सन्यासी, पादरी, मुल्लाह या भिक्षुको पनि उचित सम्मान होस् । अनि गुरुमा, योगिनी तथा भिक्षुनीहरूको पनि उचित पहिचान, सम्मान र स्वागतमा सरकार नचुकोस् । आध्यात्मिक क्षेत्रमा व्यापक पितृसत्तात्मक सोच र प्रवृत्तिलाई बढावा दिने काम बन्द होस्- सरकार र सबैबाट ।

यसैगरी, सार्वजनिक रूपमा नै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको मानवअधिकारको विरोध गर्ने यस्ता विदेशी गुरुहरूलाई स्वागत गरेर देशका अल्पसङ्ख्यक समुदायलाई सरकारले कस्तो सन्देश दिन खोजेको हो ? जवाफ दिनुपर्छ सरकारले !

  • भिक्षु कश्यप