१३ मंसिर २०७८, सोमबार

बेलायतमा मङ्गलबार ४२ हजार ४८४ सङ्क्रमित

  प्रकाशित मिति
८ मंसिर २०७८, बुधबार १०:३२



बेलायतमा मङ्गलबार एकै दिनमा ४२ हजार ४८४ सङ्क्रमित भएका छन् । सम्बन्धित स्वास्थ्य अधिकारीले जनाएअनुसार यहाँ अहिले पनि दैनिक कम्तीमा ४० हजार जनामा यो भाइरसको सङ्क्रमण भेटिने गरेकोे छ । यो समेत गरी बेलायतमा अहिलेसम्म सङ्क्रमित हुनेको सङ्ख्या करिब ९९ लाख ३२ हजार ४०८ पुगेको छ ।

बेलायतमा मङ्गलबार मात्र १६५ सङ्क्रमणबाट मृत्यु भएको छ । योसँगै बेलायतमा अहिलेसम्म कोरोनाका कारण करिब एक लाख ४४ हजार १३७ जनाको मृत्यु भएको छ । बेलायतमा कोरोना भाइरसबाट सङ्क्रमित भएकामध्ये आठ हजार जनाभन्दा बढी अझै पनि अस्पतालमै उपचाररत रहेका छन् ।

यहाँका १६ वर्षमाथिका झन्डै ९३ प्रतिशत मानिसले कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा लगाएका छन् । त्यसैगरी करिब ८७ प्रतिशतले दुवै मात्रा खोप लगाएका पनि स्वास्थ्य मन्त्रालयलको तथ्याङ्कमा उल्लेख छ ।

पछिल्ला केही दिनमा यहाँ सङ्क्रमण झन् बढेको पाइएको सरकारी अधिकारीलाई उद्धृत गर्दै सिन्ह्वाले जनाएको छ । सरकारी प्रयासका बाबजुद यहाँ सङ्क्रमित हुनेको दरमा कमी नआएको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माबीच आइतबार भेट भएको छ । मुख्यमन्त्री कार्यालयमै दिउँसो

झापाको कनकाई नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गको विरिङ पुलमा भएको सवारी दुर्घटनामा परी एकको मृत्यु भएको छ भने २२ जना घाइते

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९२ हजार १००मा कारोबार

गणेशराज वस्ती भारी बोक्ने दाइहिँड्नुहोस् रमाइ-रमाइ !उकालोमा आफ्नै कपाल समाइओह्रालोमा खुट्टा कमाइ-कमाइ !तिम्रो जिन्दगीन बन्धकी न त राजीनामा !त्यसैले त-पातिघारी