टेण्डी शेर्पाको निधन

टेण्डी शेर्पाको निधन



नेपाल बास्केटबल सङ्घका पूर्व अध्यक्ष लामा टेण्डी शेर्पाको निधन भएको छ ।

राष्ट्रिय खेलकूद परिषद् (राखेप)का पूर्व उपाध्यक्षसमेत रहेका ५० वर्षीय शेर्पाको आज बिहान विशालनगरस्थित ओरिगन केयर होममा निधन भएको हो ।

उनी पछिल्लो तीन वर्षदेखि नशासम्बन्धी रोगबाट पीडित थिए । उनले अमेरिका, भारत र चीनमासमेत गएर आफ्नो रोगको उपचार गराउनुभएको थियो तर त्यहाँ उल्लेनीय सुधार नभएपछि स्वदेश फर्किएका थिए । उनी नेपाल ओलम्पिक कमिटी (एनओसी)का पूर्व महासचिवसमेत रहेका थिए ।