१३ मंसिर २०७८, सोमबार

पार्टीका कुनै पनि पदमा अरुलाई नउठ्न दबाब नदिने ओलीको प्रष्टोक्ति

  प्रकाशित मिति
७ मंसिर २०७८, मंगलवार १२:३४


तस्बिर रासस


नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष वा कुनै पनि पदमा अरुलाई नउठ्न आफूले कुनै दबाब नदिने बताएका छन् ।

महाधिवेशनका सन्दर्भमा मंगलबार सो पार्टीको केन्द्रीय प्रचार विभागद्वारा सम्पादकसँग आयोजित छलफल कार्यक्रममा अध्यक्ष ओलीले महाधिवेशनले लोकतान्त्रिक अभ्यासबाट सहमति वा निर्वाचनबाट छानिने नेतृत्वलाई आफूले सहजरुपमा स्वीकार्ने बताए ।

तपाईंलाई सर्वसम्मत अध्यक्ष हुने स्थितिमा केही चुनौती आएको हो ? भन्ने प्रश्नमा अध्यक्ष ओलीले भने, ‘एमाले लोकतान्त्रिक पार्टी हो । यसमा कुनै प्रकारको जोरजुलुम छैन । म उठ्ने-नउठ्ने टुङ्गो गरेको छैन । त्यसैले मलाई अध्यक्षमा छोड्न वा चुनौती दिन पाइन्छ । अरुलाई नउठ्न दबाब दिन्नँ । म अध्यक्ष भएमा पार्टीमा सबैलाई समान व्यवहार गर्छु ।’

उपाध्यक्ष डा. भीम रावलले अध्यक्षमा उठ्छु भनेर आफूलाई चुनौती नदिएको बरु आफूप्रति आदार, सम्मान, स्नेह दिनुभएको उल्लेख गर्दै रावलको स्नेहपूर्ण सुझावबाट आफू प्रभावित भएको कपीको भनाइ थियो ।

अध्यक्ष ओलीले दशौँ महाधिवेशनले एमाले फुट्यो, कमजोर भयो भन्ने भ्रमलाई चिर्ने र पार्टीलाई शुद्धीकरण गर्दै एउटै लयमा अगाडि बढाएर मुलुकको समृद्धिका लागि पुनः नेतृत्व गर्न सक्ने शक्ति आर्जन गराउने जिकिर गरे । उनले एमाले एकजुट, सुदृढ र व्यापक छ भन्ने सन्देश महाधिवेशनले दिने दाबी पनि गरे ।

सो अवसरमा पार्टीका सचिव योगेश भट्टराईले पाँच लाखको सहभागितामा यही मङ्सिर १० गते चितवनको नारायणी नदी किनारमा निर्मित विशेष मञ्चमा महाधिवेशनको उद्घाटन गरिने र ७२ जना कलाकारको सामूहिक धूनबाट राष्ट्रिय गान बजाइनेलगायतका कार्यक्रम तय भएको जानकारी गराए ।

ज्ञातव्य छ, एमाले महाधिवेशनको बन्दसत्र चितवनको सौराहामा हुनेछ । महाधिवेशनमा मनोनीतसहित दुई हजार २०० प्रतिनिधि हुनेछन् । उद्घाटन सत्रका लागि पाँच हजार स्वयंसेवक परिचालन गरिने र महाधिवेशनमा विद्युतीय मेसिनबाट मतदान हुने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

थाइल्याण्डबाट उपचारार्थ चीन पुऱ्यााइएका नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य वर्षमान पुनको स्वास्थ्यमा क्रमिक रुपमा सुधार देखिएको छ । गत

शहीद गङ्गालाल हृदयरोग केन्द्र बाँसबारीमा गरिने पीसीआर परीक्षण शुल्क अन्य सरकारी अस्पतालसरह रु एक हजार कायम गरिएको छ । सरकारी

तस्बिर : रासस नेकपा (एमाल) को अध्यक्षका लागि केपी शर्मा ओली र भीम रावलले उम्मेदवारी दर्ता गराएका छन् । एमालेको

रामदेव अहिले प्रचण्डका महान् ‘क्रान्तिकारी’ गुरु बनेका छन् । वास्तवमा यो त्यति उदेकलाग्दो कुरा होइन किनभने यी दुवैजना व्यक्तिगत फाइदाको