१३ मंसिर २०७८, सोमबार

यू-१९ क्रिकेट प्रतियोगिता : पाण्डेको कप्तानीमा गण्डकी टोली घोषणा

  प्रकाशित मिति
७ मंसिर २०७८, मंगलवार ०३:४५



काठमाडौंमा आयोजना हुने ‘वाईवाई यु-१९’ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रादेशिक क्रिकेट सङ्घले विष्णु पाण्डेको कप्तानीमा टोली घोषणा गरेको छ ।

गत कात्तिक २९ देखि मङ्सिर ४ गतेसम्म पोखरा रङ्गशालामा सञ्चालन भएको प्रादेशिक छनोट प्रतियोगिताबाट गण्डकीको टोली छनोट गरिएको हो ।

गण्डकी प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष देवेन्द्र प्रजुका अनुसुार १४ नियमित र चार वैकल्पिक खेलाडी छनोट गरिएको छ । टोलीको उपकप्तानको जिम्मेवारी सुभाष भण्डारीलाई दिइएको छ । छनोट भएका अन्य खेलाडीमा अर्जुन कुमाल, किरण पौडेल, दीपक डुम्रे, कमल परियार, सुदीप अर्याल, मिलन छेत्री, सुजन गौतम, सन्देश सुनार, सचिनराज अधिकारी, अभिषेक थापा, उत्सव श्रेष्ठ र प्रशान्त सिंह रहेका छन् ।

वैकल्पिक खेलाडीमा सन्दीप खत्री, स्वीकार श्रेष्ठ, विपीनराज न्यौपाने र समिर कँडेल छन् । टोलीको प्रशिक्षकमा रिजन प्रजु र व्यवस्थापक दिवाकर थापा रहेका छन् । उन्नाइस वर्षमुनिको राष्ट्रिय क्रिकेटका लागि खेलाडी छनोट गर्न पोखरामा आयोजना गरिएको प्रतियोगितामा कास्की, तनहुँ, स्याङ्जा र नवलपुरका खेलाडी सहभागी थिए । उन्नाइस वर्षमुनिको पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि राजधानी काठमाडौंमा सुरु हुँदैछ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

संयुक्त अरब इमिरेट्सँग पराजित भएसँगै नेपाली महिला क्रिकेट टोलीको आगामी सन् २०२३ मा हुने टि २० विश्वकप खेल्ने सम्भावना समाप्त

आइसिसी महिला टी-ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई)ले नेपाललाई जीतका लागि १२८ रनको लक्ष्य दिएको छ । दुबईको

संयुक्त अरब इमिरेट्स (युएई)मा जारी आइसिसी महिला टी-ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालले मलेसियालाई पराजित गरेको छ । जितसँगै नेपाल शीर्ष

नेपाल ओलम्पिक कमिटीको हालै बसेको बैठकले आगामी पुष १३ (डिसेम्बर २८)मा साधारणसभा गर्ने निर्णय गरेको छ । कमिटीका अध्यक्ष जीवनराम