१३ मंसिर २०७८, सोमबार

दशौँ महाधिवेशन एकताको महाधिवेशन हुने पोखरेलको दाबी

  प्रकाशित मिति
६ मंसिर २०७८, सोमबार १०:३४



स्थायी कमिटी बैठक मंगलबार

नेकपा (एमाले)का स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले वर्तमान एमाले तत्कालीन नेकपा (माओवादी केन्द्र) सँगको एकताको निरन्तरताको पार्टी भएकाले आशन्न दशौँ राष्ट्रिय महाधिवेशन एकताको महाधिवेशन हुने बताएका छन् ।

नेपाल बुद्धिजीवी परिषद्ले सोमबार आयोजना गरेको ‘वर्तमान परिवेशमा एमालेको महाधिवेशन’ विषयक बहस कार्यक्रममा नेता पोखरेलले २०७५ जेठ ३ मा एकता भई बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सर्वोच्च अदालतको गत फागुन २३ गतेको फैसलाबाट पूर्ववत् अवस्थामा कायम रहेको भए पनि पूर्वमाओवादीको एउटा हिस्सा एमालेमै रहेकाले आफ्नो पार्टी नेकपाको निरन्तरता भएको जिकिर गरे ।

उनले पार्टीबाट केही पक्ष अलग भए पनि एमालेकै अगुवाइमा कम्युनिष्ट आन्दोलन एकताबद्ध हुनुपर्छ भन्ने मान्यताका साथ आफूहरु गत विधान महाधिवेशनयता नै अघि बढेको र त्यसलाई राष्ट्रिय महाधिवेशनले थप व्यवस्थित गर्ने जनाए ।

यसैबीच नेकपा एमालेको सोमबार तीन बजेका लागि निर्धारित स्थायी कमिटी बैठक आज हुन सकेन । उक्त बैठक मंगलबारका लागि सारिएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यव्यस्तताका कारण स्थायी समिति बैठक मंगलबार बिहान ११ बजे बस्ने गरी सरेको हो ।

सोमबारको बैठकले महाधिवेशनका लागि ५ प्रतिशत प्रतिनिधि मनोनयनको बारेमा छलफल गर्ने र महाधिवेशनको कार्यसूची बनाउने बताइएको थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

थाइल्याण्डबाट उपचारार्थ चीन पुऱ्यााइएका नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य वर्षमान पुनको स्वास्थ्यमा क्रमिक रुपमा सुधार देखिएको छ । गत

शहीद गङ्गालाल हृदयरोग केन्द्र बाँसबारीमा गरिने पीसीआर परीक्षण शुल्क अन्य सरकारी अस्पतालसरह रु एक हजार कायम गरिएको छ । सरकारी

तस्बिर : रासस नेकपा (एमाल) को अध्यक्षका लागि केपी शर्मा ओली र भीम रावलले उम्मेदवारी दर्ता गराएका छन् । एमालेको

रामदेव अहिले प्रचण्डका महान् ‘क्रान्तिकारी’ गुरु बनेका छन् । वास्तवमा यो त्यति उदेकलाग्दो कुरा होइन किनभने यी दुवैजना व्यक्तिगत फाइदाको