नेपालीले बनाए विश्वभर खेलिने ‘बिग बिंगो’

नेपालीले बनाए विश्वभर खेलिने ‘बिग बिंगो’



लोकप्रिय खेल ‘बिग बिंगो’ अनलाइनमै खेल्न सकिने

विश्वभरी खेलिने लोकप्रिय पारिवारिक खेल Big Bingo (बिग बिंगो) अब नेपालमा निःशुल्क टिकट लिएर सजिलै आफ्नो मोबाइलमा नै खेल्न सकिने भएको छ । जहाँ पहिलो लाइनको पुरस्कारस्वरुप रू. ११ हजार, दोश्रो लाइनको पुरस्कारस्वरुप रू. ११ हजार, तेश्रो लाइनको पुरस्कार स्वरुप रू. ११ हजार र अन्त्यमा हाउसफुलको पुरस्कार स्वरुप रू. ५१ हजार रुपैयाँ हरेक हप्ता जित्न सक्नुहुनेछ ।

विश्वमै पहिलोपटक लाखौँ जना एकैसाथ बसेर अनलाइनमार्फत खेल्न सकिने गरी बनाएको यो गेम नेपालीहरूले निर्माण गरेका हुन् । गेम खेल्नको लागि प्ले स्टोरबाट Big Bingo टाइप गरेर गेम डाउनलोड गरी बिना शुल्क बिंगो टिकट लिन सकिन्छ भने आइफोन प्रयोगकर्ताहरूले चाहिँ www.playbigbingo.com लगइन गरी बिंगो टिकट लिन सकिन्छ ।

यो कार्यक्रम हरेक हप्ताको शुक्रबार साँझ ६ बजेदेखि योहो एचडी टेलिभिजन र मोबाइल एपमा लाइभ खेल्न सकिने सम्बद्ध पक्षले जनाएको छ ।

टिकट लिनको लागि भिडियो हेर्नुपर्ने हुन्छ र सही जवाफ दिइसकेपछि मात्रै टिकट प्राप्त गर्न सकिन्छ । गेमको मुख्य उद्देश्य भिडियोमार्फत सामाजिक सन्देश दिनु रहेको बताइएको छ ।