सलाम -डा. विमला श्रेष्ठ

सलाम -डा. विमला श्रेष्ठ


सलाम
बिदाको हात हल्लाउँदै
वर्तमानसँगै सती गएको
विवेकलाई सलाम ।

सलाम
बुद्धको आँगनमा घाइते
नैतिकतालाई सलाम ।
सलाम
लाम लागेर
जुलुसमा नारामा भाषणमा
सल्बलाइरहेको स्वार्थहरूलाई सलाम ।

सलाम
यो सभ्य र विकसित नगरमा
असभ्य प्रदर्शन गर्दै
निर्लज्ज लिलाम भइरहेको
सभ्यतालाई सलाम ।

सलाम
जलविद्युत् आयोजनाको
ठूलो साइनबोर्डमुनि
अलिकति उज्यालो खोज्दै
निस्पट्ट अँध्यारो रातमा हराएको
देशको अनिश्चित
भविष्यलाई सलाम ।

सलाम
निरोगी देशको चिन्तामा
पीडाको भाग पस्केर थालमा
आँसुको तिनहुसँगै निल्ने
यो देशका प्रत्येक
नागरिकहरूलाई सलाम ।

मेरो सकुनीको चाल-तुलसीराम पोखरेल निर्दोषी
सकुनीको चाला देख्दा
दिल मेरो जल्छ
मैले कात्रो बेर्नुपरे
हर्ष लाग्ने रै’छ
दम्भ कति सँगालेछ
मेरो सकुनीले
जरो खन्यो सकुनीले
चिता तयार पार्यो
मेरो थाल खोसी लग्यो
बन्धु नाताहपर्छ
दुर्योधन कपटी छ
मैले के पो गर्नु
आफ्नै बन्धु सकुनी छ
मैले के पो गर्नु
मैले कात्रो बेर्नु परे
हर्ष लाग्ने रै’छ
धुन्धुकारी बनिरह्यो
बन्धु नाता त्याग्यो
मानवता हर्यो मेरो
मेरो सकुनीले
दुर्योधन र सकुनीको
चाला थाहा थियो
दुर्योधनको चालाले नै
मैले कात्रो बेरँ
कैकेयीले निरन्तर
द्वन्द्व जारी राखी
रामराज्य चाहनेको
जरै उल्टो पारी
पानीमाथि ओभा बन्दै छ
सकुनीले जालझेल बुन्दै छ
सकुनी सधैं बादल बन्दा
वर्षा मैले गरेँ
सकुनी र्सूय बन्द पनि
म त चन्द्रै बने
मैले कात्रो बेर्नुपरे
हर्ष लाग्ने रै’छ
दिनचर्या दुराचार हुन्छ
सकुनीको
दुर्व्यवहार गर्छ उसले
बन्धुजनको
सकुनी र दुर्योधनले
महाभारत ल्याए
एक मात्र दाजुमाथि
उल्कापात गर्यो
सकुनीले बाजी मार्यो
दुर्योधनसँग मिल्दा
पापी रै’छ सकुनी पासा खेलायो
परिवार लडायो
चन्द्रमालाई कङ्गाल बनायो
सधैं इन्द्र बन्ने धोका
छ है सकुनीको
वैभवको मदले प्रेम
नष्ट पार्यो
मैले कात्रो बेर्नुपरे हर्ष
लाग्ने रै’छ ।

गजल -रेशमकुमार सुुनुवार
सपनाको चिटिक्क सानो घरको कथा
वताउँ पनि कसरी म यो डरको कथा

सङ्घर्षको मैदानमा लडियो कति कति
साँचेकै छु अनुभूति गर या मरको कथा

बग्दै जाँदा समय पुगिसक्यो कहाँ कहाँ
छाडिदेऊ भन्न अब पीपल र वरको कथा

जिन्दागानी दुईदिने परदेशी हो सबैको
नटुङ्गिने रेशमको वर न परको कथा