१३ मंसिर २०७८, सोमबार

इच्छाबिना विदेशिँदै हृदयेन्द्र

  प्रकाशित मिति
१ मंसिर २०७८, बुधबार ०२:३०



पूर्व नवयुवराज हृदयेन्द्रलाई अध्ययनका लागि अमेरिकाको एक प्रतिष्ठित कलेजमा भर्ना गर्ने तयारी भइरहेको बुझिएको छ । प्राप्त जानकारीअनुसार हृदयेन्द्रले नेपालमै अध्ययन गर्न चाहेको भए पनि आमा पूर्व युवराज्ञी हिमानीको इच्छा भने छोराले अमेरिकामा अध्ययन गरोस् भन्ने छ । अमेरिकी कलेजका लागि आमाले कर गरेपछि हृदयेन्द्रले ‘अप्लाइ’ गरेका थिए ।

श्रोतका अनुसार कलेजले कन्फर्मेशन पठाइसकेपछि पनि हृदयेन्द्र अमेरिका जाने कि नजाने भन्नेमा दोधारमै छन् । तर आमा हिमानी भने छोराले अमेरिकामै पढ्नेमा ढुक्क हुनुहुन्छ । आमाको दबाबका कारण अप्लाइ गरेकाले कलेज प्राप्तिपछि पनि हृदयेन्द्रमा त्यति ठुलो खुशी छाएको छैन । राजा ज्ञानेन्द्रले पनि आफ्ना नातिलाई नेपालमै पढाउन चाहनुभएको बुझिएको छ । पारिवारिक मामिलामा राजा र युवराज्ञीबीच समान धारणा भए पनि हृदयेन्द्रको सवालमा धारणा बाझिएको निकटवर्तीहरूले बताएका छन् । कलेजको नाम भने आफन्तहरूलाई पनि सार्वजनिक गरिएको छैन ।

यता पूर्व अधिराजकुमारी प्रेरणा केही समयदेखि राजपरिवारका कुनै पनि औपचारिक समारोहमा देखा पर्नुभएको छैन । हिमानी ट्रष्टकी सदस्य उहाँ हिमानी ट्रष्टले आयोजना गरेको दशैँ–तिहार शुभकामना कार्यक्रममा पनि देखिनुभएन । त्यसअघि हिमानीको जन्मदिन र अन्य समारोहहरूमा पनि प्रेरणाको उपस्थिति रहेन ।

सुत्रका अनुसार उहाँले दाइजोमा प्राप्त गरेको सम्पत्ति सर्वोच्च अदालतले राष्ट्रियकरण गर्ने निर्णय गरेपछि बिग्रिएको उहाँको स्वास्थ अझै पूर्ण राम्रो भइसकेको छैन । तत्कालिन प्रधानन्यायाधीश सुशीला कार्कीले प्रेरणालाई दाइजोमा प्राप्त घर राष्ट्रियकरण गर्ने फैसला गरेपछि उहाँलाई हृदयाघात भएको थियो । अहिले उहाँका ससुराको देहान्त भएकाले चाडबाडमा समेत घरपरिवारमा उहाँको सहभागिता रहेन । तिहारमा उहाँका दाइ पूर्व युवराज पारसले स्व. धीरेन्द्र र प्रेक्ष्याका छोरीहरू पूजा, सीताष्मा र दिलासासँग मात्र टीका लगाएका थिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपाल-भारत समन्वय समितिको बैठक भारतको पिथौरागढमा सम्पन्न भएको छ । उक्त बैठकमा नेपाल र भारतका स्थानीय प्रशासन सीमा क्षेत्रमा हुन

त्रिभुवन विमानस्थाल भन्सार कार्यालयले विदेशबाट नेपाल आउने यात्रुले तोकिएको परिमाणभन्दा बढी सुन र सूनका गहना, मोबाइल फोन, ल्यापटप तथा मदिराजन्य

कोरोना भाइरसको नयाँ रुप (भेरियन्ट) ओमिक्रोन देखिएपछि नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ । दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन भाइरस नेपालमा

थाइल्याण्डबाट उपचारार्थ चीन पुऱ्यााइएका नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य वर्षमान पुनको स्वास्थ्यमा क्रमिक रुपमा सुधार देखिएको छ । गत