कोभिड-१९ बाट नेपालमा सोमबार १३ जनाको मृत्यु

कोभिड-१९ बाट नेपालमा सोमबार १३ जनाको मृत्यु



पछिल्लो २४ घण्टामा नेपालमा थप ७७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा मात्र थप २२७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

काठमाडौंमा १८५, भक्तपुरमा ९ र ललितपुरमा ३३ जना संक्रमित थपिएका मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ जना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ३ सय ६१ पुगेको छ।

सोमबार ५०१ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल देशभर १० हजार ३६० सक्रिय संक्रमित रहेका छन् ।