ग्लोबल आइएमई बैंकको २८२औँ शाखा मंगलबजारमा

ग्लोबल आइएमई बैंकको २८२औँ शाखा मंगलबजारमा


ग्लोबल आइएमई बैंक लिमिटेडले ललितपुरको मगंलबजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । कात्ति ७ देखि नयाँ शाखाको सुरुवात गरिएसँगै बैंकको शाखा संख्या २८२ पुगेको जनाइएको छ ।

ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुक बाहिर बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा २८२ शाखा, २५१ एटीएम, २६० शाखा रहित बैंकिङ्ग सेवा, ४८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८४० भन्दा बढी सेवाकेन्द्रबाट २६ लाख भन्दा धेरै ग्राहकमाझ सेवा प्रदान गरिरहेको छ ।

त्यसैगरी सो बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको जानकारी दिइएको छ ।