१३ मंसिर २०७८, सोमबार

बेल्जियममा काम लगाइदिने प्रलोभन दिएर यौनशोषण र ठगी, अभियुक्त पक्राउ

  प्रकाशित मिति
८ कार्तिक २०७८, सोमबार ०१:०५


बेल्जियममा काम लगाइदिन्छु भन्दै एक महिलालाई बैंकक पुऱ्याई मानव बेचबिखन गर्ने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौंको सिनामङ्गलबाट एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बागलुङ गल्कोट नगरपालिका-४ का ४४ वर्षीय राजेन्द्र खड्का रहेको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले जनाएको छ ।

खड्काले पीडित महिलालाई बेल्जियमको होटेलमा काममा लगाइदिने, मासिक एक लाखदेखि डेढ लाख तलब हुन्छ भनी प्रलोभनमा पारी विभिन्न मितिमा रु आठ लाख ५४ हजारसमेत लिई दुई वर्षअघि यसरी बेचबिखन गरेको ब्यूरोले जनाएको छ ।

गिरोहले भैरहवाबाट भारतको गोरखपुर, कोलकाता हुँदै थाइल्याण्डमा खड्काको कोठामा अर्का भारतीय अभियुक्त परविन्दर सिंहसमेतले यौनशोषण गरी धम्की दिई मलेशिया लगी अलपत्र पारेकामा आफन्तको सहयोगमा एक वर्षअघि महिला नेपाल आउन सफल भएकी प्रहरीले जनाएको छ ।

उनीहरुले महिलालाई कम्बोडियासमेत पुऱ्याएको फेला परेको छ । त्यसपछि उनको जाहेरीका आधारमा ब्यूरोबाट खटिएको प्रहरीले फरार रहेका खड्कालाई लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको थियो । उनलाई जिल्ला अदालत काठमाडौंबाट चार दिन म्याद थप गरी मानव बेचबिखन तथा ओसापसार (नियन्त्रण) ऐन, २०६४ अन्तर्गत अनुसन्धान भइरहेको ब्यूरोका प्रहरी उपरीक्षक अनुराग द्विवेदीको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माबीच आइतबार भेट भएको छ । मुख्यमन्त्री कार्यालयमै दिउँसो

झापाको कनकाई नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गको विरिङ पुलमा भएको सवारी दुर्घटनामा परी एकको मृत्यु भएको छ भने २२ जना घाइते

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९२ हजार १००मा कारोबार

गणेशराज वस्ती भारी बोक्ने दाइहिँड्नुहोस् रमाइ-रमाइ !उकालोमा आफ्नै कपाल समाइओह्रालोमा खुट्टा कमाइ-कमाइ !तिम्रो जिन्दगीन बन्धकी न त राजीनामा !त्यसैले त-पातिघारी