गैँडाको खागसहित दुई युवक पक्राउ

गैँडाको खागसहित दुई युवक पक्राउ



काठमाडौं महानगरपालिका-९ गैरीगाउँबाट ९७० ग्राम तौल भएको संरक्षित वन्यजन्तु गैँडाको खाग एक थानसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका स्वयम्भू बस्ने सोलुखुम्बु दूधकोशी गाउँपालिका-६ घर भएका १९ वर्षीय तिलकबहादुर बस्नेत र तारकेश्वर नगरपालिका लोकतान्त्रिक चोक बस्ने बागलुङ तमनखोला गाउँपालिका-१ घर भएका २८ वर्षीय दीपक गोतामे रहेका छन् ।

संरक्षित वन्यजन्तु गैँडाको खाग अवैध रुपमा बिक्री भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उक्त खाग सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

उनीहरुलाई आवश्यक कारवाहीका लागि वन कार्यालय हात्तीसार काठमाडौं पठाइएको महाशाखाले जनाएको छ ।