सरकार र विप्लव नेतृत्वको नेकपाबीच वार्ता, बन्दी रिहाइबारे छलफल

सरकार र विप्लव नेतृत्वको नेकपाबीच वार्ता, बन्दी रिहाइबारे छलफल



सरकार र विप्लव नेतृत्वको नेकपाबीच आइतबार छलफल भएको छ । गृह मन्त्रालयमा भएको भेटवार्तामा सरकार र नेकपाबीच वि.सं. २०७७ फागुन २० गते भएको तीनबुँदे सहमति कार्यान्वयनका विषयमा छलफल भएको हो ।

सो अवसरमा विभिन्न घटनामा पक्राउ परेका बन्दीलाई कानुनसम्मत ढङ्गले रिहाई गर्ने विषयमा छलफल भएको बताइएको छ । भेटमा गृहमन्त्री बालकृष्ण खाण, कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडु, महान्यायाधिवक्ता खम्बबहादुर खाती र नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को सहभागिता रहेको थियो ।

नेकपाले विभिन्न घटनामा जेल परेका कैदीबन्दी र मुद्दाको सूची तयार गरी सरकारलाई बुझाउने र सरकारले आवश्यक अनुसन्धान गरी कानूनसम्मत रुपमा मुद्दा फिर्ता लिने विषयमा छलफल भएको महान्यायाधिवक्ता खातीले जानकारी दिएका छन् ।