एमाले र माओवादी परित्याग गरी काङ्ग्रेस प्रवेश

एमाले र माओवादी परित्याग गरी काङ्ग्रेस प्रवेश


  • गोमा भुसाल, अर्घाखाँची

मुलुकभर नेकपा एमालेको वडा अधिवेशन चल्दै गर्दा आइतबार अर्घाखाँचीको पाणिनी गाउँपालिका भने काङ्ग्रेसमय बन्न पुग्यो । जिल्लाको पूर्वी भेगमा अवस्थित पाणिनी गाउँपालिकामा नेकपा एमाले र नेकपा माओवादी परित्याग गरी १ सय ६४ जना काङ्ग्रेस प्रवेश गरेका छन् । गाउँपालिकाको दुर्गाफाँटमा आयोजना गरिएको कार्यक्रममा खिदिमलगायतका विभिन्न वडाका जिम्मेवार कार्यकर्ताहरू एकैसाथ नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गर्नका लागि नेपाली कांग्रेसकी नेतृ तथा केन्द्रिय सदस्य पुष्पा भुसाल उपस्थित उक्त कार्यक्रममा जिल्ला सभापति विष्णुप्रसाद खनाल मुस्कान, जिल्ला कार्यसमितिका पूर्वसभापति कमलप्रसाद भुसाल, जिल्ला उपसभापति शान्ता भण्डारी, सचिव विष्णुप्रसाद भुसाल, सहसचिव इन्सु मिया, महासमिति सदस्य सूर्यप्रसाद अधिकारी, यादवप्रसाद घिमिरे, केशव श्रेष्ठ, महाधिवेशन प्रतिनिधि इन्द्रमणि पौडेल, लेखनाथ पोख्रेल, कृष्णप्रसाद खनाललगायत नेताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा महिला नेतृहरू संगीत घिमिरे बेल्वासे, सीता भुसाल, जानका बन्जाडे, पाणिनी गाउँपालिकाका सभापति तुल्सी पौडेल एवं नेपाली कांग्रेसका भातृ तथा शुभेच्छुक संस्थाका प्रमुख एवम् प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो ।

नेपाली कांग्रेसका क्षेत्रिय सभापति तथा पाणिनी गाउँपालिकाका अध्यक्ष अच्युत गौतमको विशेष पहलकदमीमा एकैसाथ उल्लिखित सङ्ख्यामा एमाले र माओवादीबाट कार्यकर्ताहरू नेपाली काङ्ग्रेसमा प्रवेश गरेका हुन् । शेषकान्त पोख्रेलले सञ्चालन गरेको कार्यक्रममा वडासभापति हरि बन्जाडेको अध्यक्षता रहेको थियो ।