अन्तर्राष्ट्रिय पर्वत समाजको अध्यक्षमा झलक केसी निर्विरोध निर्वाचित

अन्तर्राष्ट्रिय पर्वत समाजको अध्यक्षमा झलक केसी निर्विरोध निर्वाचित


डायस्पोरामा बसोबास गर्ने पर्वतेलीहरुको साझा संगठन भनेर चिनिएको अन्तर्राष्ट्रिय समाजको तेस्रो अधिवेशनबाट झलक केसीको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन गरिएको छ । पर्वत जिल्लाको पर्यटकीय गाउँ चित्रेमा आयोजना गरिएको अधिवेशनबाट यसले नयाँ नेतृत्व चयन गरेको जनाइएको छ।

समाजको अध्यक्षमा निवर्तमान वरिष्ठ उपाध्यक्षका साथै पर्वत समाज बेल्जियमका पूर्वअध्यक्षसमेत रहेका एक उर्जावान व्यक्ति भनेर चिनिएका झलक केसी निर्वाचित भएका छन् भने वरिष्ठ उपाध्यक्ष तथा उपाध्यक्षमा क्रमशः पर्शुराम पौडेल, शेषराज तिमिल्सिना, दधी आचार्य, महिला उपाध्यक्षमा डा. संगीता कार्की, साथै महासचिवमा मणि भुर्तेल निर्वाचित भएका छन् ।

समाजको सेवामा दिनरात नभनी खटिरहने व्यक्तिका रुपमा डायस्पोरामा चिनिएका नवनिर्वाचित अध्यक्ष केसीको बेल्जियममा बसोबास र त्यहीँ व्यवसायमा आवद्धता रहेको छ।

अन्तर्राष्ट्रिय पर्वत समाजको तेस्रो अधिवेशर्न राष्ट्रियसभाका अध्यक्ष्य गणेश तिमिल्सिनाको प्रमुख आतिथ्यमा संचालन गरिएको थियो भने कार्यक्रममा डायस्पोरामा बसोबास गर्ने पर्वतवासीहरुका साथै जिल्लास्थित विभिन्न राजनीतिक दलसँग आवद्धता भएका व्यक्तित्वहरुले सहभागिता तथा शुभकामना दिएका थिए ।

डायस्पोरामा विभिन्न देशमा रहेका पर्वत समाजको मूल संगठन भनेर चिनिएको यस संस्थाले आफूको जन्मभूमिका लागि आफ्नो कर्त्यब्य गर्नुपर्छ भन्ने अवधारणा लिएर यसको गठन गरिएको संस्थासँग सुरुदेखि जोडिएर सहयोग गरिरहेका नवनिर्वाचित उपाध्यक्ष, पर्वत वेलफेयर सोसाइटी बेलायतका पूर्वअध्यक्ष, नेपाली सेफ एसियोसेसन बेलायतका अध्यक्षसमेत रहेका ददी आचार्यको भनाइ थियो ।

संस्थाको स्थापना कालदेखि आजसम्म यसले जिल्लास्थित विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको विविध विषयहरुलाई आयोजित कार्यक्रममा जानकारी दिइएको थियो ।