‘इना’द्वारा बाजाको पूजा

‘इना’द्वारा बाजाको पूजा


  • सनत आचार्य (बेल्जियम)

युरो नेपाल कलाकार संघ (इना)ले दशैँको नवमीका दिन आफुहरूसँग भएका सम्पूर्ण बाजाको पुजा-अर्चना गरेको छ ।

पुजा गरिएका बाजामा पञ्चैबाजा, सनही, दमाहा, झ्याली, मादललगायतका रहेका छन् ।

संघका अध्यक्ष बलराम पुनले यी बाजामा देवी-देवताको बास हुने र यिनै बाजाले नै बेल्जियममा कलाकारहरूको पहिचान स्थापित गराएको जिकिर गर्दै बाजागाजाबिना कलाकारिता फिक्का हुने भएकोले अमूल्य सम्पत्तिको रूपमा यसको पूजा-आराधना गरेको बताउनुभयो ।

त्यस्तै, अध्यक्ष पुनले यी बाजाको धुनबाट भगवान प्रशन्न हुने र कलाकारहरूमा आत्मविश्वास र शक्तिसमेत प्रदान गर्ने भएकोले यिनलाई देवताको रूपमा पनि पुज्ने गरेको तर्क गर्नुभयो ।

संघका महासचिव सञ्जय केसीले बेल्जियममा कलाकारहरूको पहिचान र सम्मान प्रदान गर्न यी बाजाको महत्वपूर्ण भूमिका भएको हुँदा प्रत्येक वर्ष यसलाई पुजा गर्ने परम्पराको शुरुवात भएको जानकारी दिनुभयो ।