सिसिडी रेसियो न्यूनतम ८५ प्रतिशत गर्न चेम्बरको माग

सिसिडी रेसियो न्यूनतम ८५ प्रतिशत गर्न चेम्बरको माग


नेपाल राष्ट्र बैंकले निक्षेपको उच्च ब्याजदरमा नियन्त्रणको लागि हालै परिपत्र गरेको विषयमा नेपाल चेम्बर अफ कमर्सले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

वित्तिय प्रणालीमा तरलताको अभावको समस्या चुलिएपछि बैंकहरूमा निक्षेप तान्न अस्वस्थ प्रतिस्पर्धा शुरु भएकोमा यसलाई नियन्त्रण गर्न नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशनअनुसार गत विगत महिनामा दिएको ब्याजदरमा बढीमा १० प्रतिशत ब्याजदर निर्धारण गर्ने व्यवस्था कार्यान्वयनमा ल्याउन र संस्थागत मुद्धति निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदर सर्वसाधारणलाई मुद्धति निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदरभन्दा कम्तिमा एक प्रतिशत विन्दुले कम हुनुपर्ने भनि दिएको निर्देशन स्वागतयोग्य रहेको कमर्सको धारणा रहेको एक विज्ञप्तिमार्फत जनाइएको छ ।

बैंक तथा वित्तीय संस्थाको सिसिडी रेसियो ८५ प्रतिशतलाई खारेज गरी सिडी रेसियो ९० प्रतिशत गरिएकोले तरलताको अभाव पर्न गई बैंकहरुको ब्याजदर समेत बढेको हुनाले तत्कालै पुरानै ब्यवस्थाअनुरुप सिसिडी रेसियो न्यूनतम ८५ प्रतिशत कायम हुनुपर्ने चेम्बरको धारणा रहेको छ ।