आजको पञ्चाङ्ग एवम् राशिफल (४ कात्तिक २०७८ बिहीबार, २१ अक्टोबर २०२१)

आजको पञ्चाङ्ग एवम् राशिफल (४ कात्तिक २०७८ बिहीबार, २१ अक्टोबर २०२१)



■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४३ नेपाल सं. ११४१ श्रीसूर्योदक्षिणायने शरद ऋतु राक्षसनामक संवत्सर वि.सं. २०७८ कार्तिक ४ गते तद् अनुसार सन् २०२१ अक्टोबर २१ तारिख बिहीबार कार्तिक कृष्णपक्ष प्रतिपदा तिथि अश्विनी नक्षत्र बज्र योग बालब करण आनन्दादिमा मानस योग चन्द्रमा मेष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः०८ मा भयो र सूर्यास्त साँझ १७ः२७ मा हुनेछ ।

आजको राशिफल

मेष – आरोग्यता र प्रशन्नता बढ्नेछन् । उनन्ति पदोन्नति हुनेछ । सुखशान्तिमा वृद्धि हुनेछ । आय बढ्नेछ । वार्तामा सफलता प्राप्त होला । भाग्यवर्द्धक काम बन्नेछ । मान पुरस्कार मिल्नेछ । मिठो भोजन मिल्नेछ । प्रेममा रूचि बढ्ला । भ्रमण पनि गर्नुहुने सम्भावना रहनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । सुख सन्तति धन यश इष्टमित्र बढ्ला । ख्याति फैलिनेछ । सुख शान्ति ऐश्वर्य बढ्ला ।

वृष – सौभाग्य बढ्नेछ । शारीरिक र आर्थिक कार्यमा प्रगति होला । मान महत्व आरोग्यता बढ्नेछन् । खर्चमा नियन्त्रण आउनेछ । शुभ कार्य बन्नेछ । व्यापारमा सफलता मिल्नेछ । यात्रा हुनेछ ।

मिथुन – सानो कामका लागि पनि ज्यादा परिश्रम गर्नुपर्ला । दोडधुप बढ्नेछ । ऋण, रोग र शत्रुसितको कुरामा सचेत रहनुहोला । नयाँ काममा सफलताको लागि विशेष ध्यान दिनुपर्नेछ । जोखिममा नपर्नु हितकर हुनेछ ।

कर्कट – समृद्धि बढ्नेछ । बढी परिश्रमले प्रगति हुनेछ । भागदौड वृद्धि होला । रसरागको कार्यमा प्रयासरत रहनुहुनेछ । व्यवसायिक पक्षसित सम्बन्धित काम बन्नेछ । साझेदारीको काममा सफलता मिल्नेछ । आफ्नै बल विवेकले काम बन्नेछ ।

सिंह – मान महत्व पुरस्कार मिल्नेछ । उन्नति हुनेछ । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्ला । आफन्तको सहयोग मिल्नेछ । भाग्यवर्द्धक काम बन्नेछ । साहसिक कर्ममा रूचि बढ्ला । शुभ समाचार मिल्नेछ । पारिवारिक सुख शान्ति बढ्नेछ ।

कन्या – प्रेममा सफलता प्राप्त हुनेछ । व्यस्तता बढ्नेछ । मिठो भोजन मिल्नेछ । यात्रा होला । सुख शान्ति समृद्धि बढ्नेछ । कुनै पनि शारीरिक र आर्थिक जोखिममा नपर्नु उचित रहला । बौद्धिक र रचनात्मक कार्यमा लाग्नु बेस हुनेछ र सफलता पनि मिल्नेछ । इष्टमित्र सन्तानको सहयोग मिल्नेछ । रसरागमा आकर्षण बढ्ला ।

तुला – समस्याको समाधान मिल्नेछ । धनको आगमन भैरहनेछ । सुख समृद्धि मान पुरस्कार आदिमा विघ्नबाधाको डर रहला । मिठो भोजन खान पाउनुहुनेछ । अरुसित मिलेर काम गर्नु बेस रहला तर अरुको भरमा बस्नु र विवादमा पर्नु उचित हुने छैन ।

वृश्चिक – आयस्रोत बढ्ला । लगानी उठ्नेछ । यात्रामा सफलता मिल्नेछ । लेखन-प्रकाशनसित सम्बन्धित काम बन्नेछ । आरोग्यता बढ्ला । शत्रुसित लड्ने क्षमता बढ्नेछ । आफन्तको सहयोग प्राप्त होला । आर्थिक पक्ष बलियो बन्नेछ । साथीभाइको साथ मिल्ला ।

धनु – उन्नति हुनेछ । मनोकुलको काममा सफलता मिल्नेछ । उच्चाधिकारीको सहयोग मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । शैक्षिक र बौद्धिक काम बन्नेछ । मित्रजनको सहयोग मिल्नेछ । धन मान महत्व बढ्ला । रसराग गीतसंगीतमा आकर्षण बढ्नेछ । सन्ततिसुख बढ्नेछ ।

मकर – खर्च र लगानी बढ्ला । धोखा हुने ठगिने सम्भावना रहनेछ । सोचीविचारी काम गर्नुहोला । हांसविलासमा आकर्षण रहला । नियमकानूनलाई ध्यानमा राख्नुपर्नेछ । ऋण रोग र शत्रुप्रति सचेत रहनुपर्नेछ ।

कुम्भ – धन यश मान सुख समृद्धि बढ्नेछ । मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।

मीन – आय वृद्धि होला । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । वार्तामा सफलता मिल्नेछ । मान पुरस्कार मिल्नेछ । गौरवमा बढोत्तरी हुनेछ । लगानी उठ्नेछ । अन्नधन बढ्ला । सुख शान्ति मान महत्व बढ्नेछ । साझेदारीको काम बन्ला । मिठो भोजन मिल्नेछ । हांसविलासमा आकर्षण बढ्ला । आरोग्यता बढ्नेछ ।