क्वालिटी इन्टरटेनमेन्ट अवार्ड-२०७८ प्रदान, प्रवण भुसाल बने उत्कृष्ट खलअभिनेता

क्वालिटी इन्टरटेनमेन्ट अवार्ड-२०७८ प्रदान, प्रवण भुसाल बने उत्कृष्ट खलअभिनेता



कोरोना महामारीका कारण लामो समयदेखि नेपाली चलचित्र क्षेत्र ठप्प जस्तै भएको अवस्थामा क्वालिटी इन्टरटेनमेन्ट अवार्ड-२०७८ समारोह आयोजना गरिएको छ । २०७५ र २०७६ सालका नेपाली चलचित्रहरु समावेस गरी उक्त अवार्ड कार्यक्रम राष्ट्रिय नाचघर, जमलमा सम्पन्न भएको हो ।

सो समारोहमा निर्देशक, नायक, नायिका, नवनायक, सहनायक, खलनायक, चरित्र अभिनेता, हास्य अभिनेता, छायाँकार, सम्पादक, रंग संयोजक, संगीतकार, भिएफएक्स आर्टिस्ट, प्रोडक्सन म्यानेजर जस्ता विधामा अवार्ड वितरण गरियको थियो ।

नेपाली चलचित्रमा लामो समयदेखि निरन्तर काम गरिरहेका कलाकार प्रवण भुषालले चलचित्र मन्दिराबाट उत्कृष्ट खल–अभिनेता अवार्ड हात पारेका छन् भने उत्कृष्ट अभिनेतामा चलचित्र लभ डायरिजबाट सुशील श्रेष्ठ, उत्कृष्ट अभिनेत्रीमा चलचित्र ड्रिम गर्लबाट आशा गिरी, उत्कृष्ट सहअभिनेतामा चलचित्र सरौंतोबाट धिरेन शाक्य, उत्कृष्ट निर्देशकमा चलचित्र ड्रिम गर्लबाट ऋषीराज आचार्य, उत्कृष्ट हास्य अभिनेतामा चलचित्र छन्दे पोई पऱ्यो कालेबाट गोपाल ढकाल, उत्कृष्ट छायाँकारमा चलचित्र राम कहानीबाट सौरभ लामा र उत्कृष्ट चरित्र अभिनेतामा चलचित्र जात्रैजात्राबाट प्रेम पाण्डे छानिएका छन् ।

अवार्ड समारोहमा चलचित्र विकाश बोर्डका अध्यक्ष दयाराम दाहाल, पूर्व प्रधानसेनापति राजेन्द्र क्षत्री, समाजसेवी तथा ब्यवसायी ज्ञानबहादुर लामा, चलचित्र निर्माता निर्देशक आकाश अधिकारी, कलाकार संगका अध्यक्ष रवीन्द्र खड्कालगायत नेपाली चलचित्र क्षेत्रका व्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेको थियो ।

मोडेलिङ गर्दै नेपाली चलचित्र प्रवेश गरेका प्रवणले हालसम्म आधा दर्जन चलचित्रमा अभिनय गरिसकेका छन् । एके ४७, लुकामारी, मन्दिरा, सेम सेक्स म्यारिज, वान्टेड लगायतका चलचित्र र करिव एक दर्जनभन्दा धेरै नेपाली म्युजिक विडियो र दुई दर्जन बढी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञापन एवम् छोटा चलचित्रहरुमा सार्थक कलाकारको रुपमा उनले काम गरेका छन् भने उनिअभिनित चलचित्र ूघनचक्करू प्रदर्शनको तयारीमा रहेको छ ।