आइतबार नेपालमा ३९१ जनामा सङ्क्रमण, ६ जनाको मृत्यु

आइतबार नेपालमा ३९१ जनामा सङ्क्रमण, ६ जनाको मृत्यु



पछिल्लो २४ घण्टामा नेपालमा थप ३९१ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर गरिएको ६ हजार ९६६ पीसीआर परीक्षणका क्रममा ३८५ र एक हजार ११ एन्टिजेन परीक्षणका क्रममा ६ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या आठ लाख ९८ हजार ३९९ पुगेको छ । हाल १२ हजार २९७ सक्रिय सङ्क्रमित आइसोलेसन र २३१ जना क्वारेन्टाइनमा छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप ६ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म नेपालमा ११ हजार २८४ को कोरोनाका कारण मृत्यु भएको छ ।

त्यसैगरी आज ६८० सङ्क्रमित कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा सात लाख ८१ हजार ४५६ सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।