बेलायतका सांसदको हत्यामा आतंककारीको हात रहेको आशंका

बेलायतका सांसदको हत्यामा आतंककारीको हात रहेको आशंका



बेलायतका एकजना सांसदको हत्यामा आतंककारीको हात रहेको अनुमान गरिएको छ । सांसद डेभिड अमेशको शुक्रबार हत्या भएको थियो । एक अज्ञात व्यक्तिले छुरा प्रहार गरेर उनको हत्या गरेको थियो ।

सांसद हत्याको आरोपमा एक जनालाई पक्राउ गरिएको छ । पक्राउ परेका व्यक्तिले नै हत्या गरेको प्रहरीको अनुमान रहेको बताइएको छ । तर ती व्यक्तिको परिचय भने खोलिएको छैन । लण्डन प्रहरीले उक्त हत्यामा आतंककारी समुदायका व्यक्तिको हात रहेको बताएको सिन्ह्वाले जनाएको छ ।

प्रहरीले थप अनुसन्धान गरिरहेको छ तर पनि अरु कुनै व्यक्तिलाई पक्राउ भने गरेको छैन । आफ्नो निर्वाचन क्षेत्रमा कार्यकर्ताहरुसँग भेटघाट गरिरहेका बेला ती सांसदको हत्या भएको थियो ।