एलिना र किरणको ‘माइला माइली’ सार्वजनिक

एलिना र किरणको ‘माइला माइली’ सार्वजनिक


अमेरिकामा रहेर पनि नेपाली सुगम संगीतमा कलम चलाइरहेकी भगवती न्यौपानेको शब्दमा रहेको ‘माइला माइली’ गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । सार्वजनिक गीतमा किरण भुजेल र एलिना चौहानको स्वर रहेको छ ।

प्रेम र रोमान्सलाई गीतमा समेटिएको छ । प्रेमलाई आकर्षक रुपमा प्रस्तुत गरिएको कारण आमदर्शक तथा स्रोताले मन पराउनेमा आफू निकै आशावादी रहेको गीत सर्जक भगवती न्यौपानेले बताइन् ।

गीतमा पुष्कर सुनुवारको संगीत तथा एरेन्ज रहेको छ । मिलन शंकरको छायांकन, दिनसन शाहको सम्पादन तथा गणेश शाहीको निर्देशन भिडियोमा रहेको छ । ‘माइला माइली’ गीतको भिडियोमा रोहन नेपाली र विना राउतको फिचरिङ गीतमा देख्न सकिन्छ ।