शुक्रबार थप २७२ जनामा कोरोना, ८ जनाको मृत्यु

शुक्रबार थप २७२ जनामा कोरोना, ८ जनाको मृत्यु



नेपालमा शुक्रबार ४,७१२ जनाको नमूना परीक्षण गर्दा देशभर २७२ जनामा कोभिड सङ्क्रमित देखिएको छ । सङ्क्रमितमध्ये सबैभन्दा धेरै काठमाडौंमा ८९, ललितपुरमा १८ र भक्तपुरमा ११ जना रहेका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएसँगै नेपालमा कोभिड सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११,२७७ पुगेको छ ।

शुक्रबार मात्रै ७७७ जना सङ्क्रमणमुक्त भएका छन् भने नेपालमा कूल सङ्क्रमितमध्ये ७,७९,९३१ जना सङ्क्रमणमुक्त भइसकेका छन् ।

नेपालमा निको हुने दर ९६.९ प्रतिशत रहेको छ । हाल नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या १३,०८ पुगेको छ । त्यसमध्ये १२,२५० जना होम आइसोलेसन, १ हजार ५८ जना संस्थागत आइसोलेसन, ३०७ जना आईसीयू तथा १०१ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।