‘साफ च्याम्पियनसीप’को इतिहासमा पहिलो पटक नेपाल साफको फाइनलमा

‘साफ च्याम्पियनसीप’को इतिहासमा पहिलो पटक नेपाल साफको फाइनलमा


नेपालले साफ च्याम्पियनसीप-२०२१ को फाइनल खेल पहिलो पटक खेल्ने भएको छ । माल्दिभ्समा जारी खेल प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा बङ्ग्लादेशसँग बराबरी खेलेपछि नेपालले फाइनल खेलमा आफ्नो स्थान सुरक्षित बनाएको हो ।

राउण्ड रोबिन लिगअन्तर्गतको बुधबार भएको खेलमा १० खेलाडीमा सीमित रहेको बङ्गलादेशसँग नेपालले १-१ गोलको बराबरी खेल खेलेको हो ।

मालेस्थित राष्ट्रिय रङ्गशालामा भएको खेलमा खेलको नवौँ मिनेटमा बङ्गलादेशका सुमन रिजाले गोल गरेर आफ्नो देशलाई अग्रता दिलाएका थिए । नेपालका लागि अञ्जन विष्टले दोस्रो हाफको ८८औँ मिनेटमा पेनाल्टीमार्फत गोल फर्काए ।

फाइनल खेल आगामी शनिबार राति हुने छ ।