आजको पञ्चाङ्ग एवम् राशिफल (२९ असोज २०७८ शुक्रबार, १५ अक्टोबर २०२१)

आजको पञ्चाङ्ग एवम् राशिफल (२९ असोज २०७८ शुक्रबार, १५ अक्टोबर २०२१)



■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४३ नेपाल सं. ११४१ राक्षस नामक संवत्सर शरद ऋतु वि.सं.२०७८ आश्विन २९ गते तद्अनुसार सन् २०२१ अक्टोबर १५ तारिख शुक्रबार आश्विन शुक्लपक्ष दशमी तिथि श्रवण नक्षत्र धृति योग ०ः९ पर शूल योग तैतिल करण आनन्दादिमा धुम्र योग चन्द्रमा मकर राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः०४ मा भयो र सूर्यास्त सँंझ १७ः३३ मा हुनेछ । विजयादशमी, दशैंको टीका, खड्ग यात्रा, देवी विसर्जन, टीकाको शुभसाइत बिहान ९ः३० देखि १०ः३० बजे अमृतबेलामा ।

आजको राशिफल

मेष – समय अनुकूल छ । पारिवारिक सुख बढ्नेछ । आफन्तको साथ प्राप्त हुनेछ । यश बढ्नेछ । रोकिएको काम बन्नेछ । आरोग्यता बढ्ला । सुख सम्पति मान महत्त्वमा बढोत्तरी होला । आमोदप्रमोदमा रमिरहनु हुनेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ । मिठो भोजन प्राप्त होला । कार्यव्यापारमा सफलता प्राप्त होला । रोकिएको काम बन्नेछ । यश ख्याति फैलिनेछ ।

बृष – खानपानमा विचार पुर्‍याउनुहोला, स्वास्थ्य खराव हुन सक्छ । विलासमा रुचि बढ्नेछ । खेलकुद र भ्रमणमा आकर्षण बढ्ला । शारीरिक तथा आर्थिक कार्यमा सफलता प्राप्त हुनेछ । सुखको कर्ममा प्रवृत्ति बढ्नेछ ।

मिथुन – व्यस्तता बढ्नेछ । खर्च पनि बढ्ला । भ्रमणमा आकर्षण रहनेछ । मिठो भोजन मिल्नेछ । कार्यव्यापारमा प्रगति होला । प्रेमपात्रसित भेटघाट हुनेछ । बौद्धिक र रचनात्मक काम पनि बन्नेछन् । गीत संगीतमा आकर्षण बद्नेछ । जोखिममा नपर्नु नै बेस होला ।

कर्कट – उन्नति हुनेछ । अन्नधन बढ्नेछ । आयस्रोत वृद्धि हुनेछ । आर्थिक समस्याको समाधान प्राप्त हुनेछ । मान महत्वमा कमी आउने छैन । हांसविलासमा आकर्षण बढ्नेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । आफन्तको साथ मिल्नेछ । देखापरेको समस्याको समाधान खोज्नुहुनेछ । कुनै पनि महत्वपूर्ण निर्णय र ठुलो रकमको लगानीमा समर्थ रहनुहुनेछ ।

सिंह – शुभ र भाग्यबर्द्धक काममा सफलता मिल्नेछ । आशा उत्साह बढ्नेछ । उच्चाधिकारीको साथ मिल्नेछ । कर्ममा रुचि बढ्ला । मिठो भोजन मिल्नेछ । आयस्रोत बढ्नेछ । लगानी उठ्ला । खेलकूदमा भाग लिनुहुनेछ । यात्रा गर्नुहुनेछ । सुख आनन्द बढ्ला । आरोग्यता बृद्धि होला । पारिवारिक सुख शान्ति बढ्नुको साथै कार्यमा सफलतमा मिल्नेछ ।

कन्या – वार्तामा सफलता प्राप्त हुनेछ । धन मान महत्वमा कमी आउनेछैन । समस्याको समाधान मिल्नेछ । विकासको काममा प्रवृत्ति बढ्ला । मान महत्व बढ्ला । साहस बढ्नेछ । अरुको भरभन्दा आफ्नै बलविवेकले काम गर्नु उचित हुनेछ । ऐनकानूनले साथ दिनेछ । स्वास्थ्यमा सुधार हुनेछ ।

तुला – शुभ र भाग्यवर्द्धक काममा ध्यान केन्द्रित गर्नु बेस होला । रसरागमा रुचि बढ्नेछ । स्वास्थ्यमा सुधार होला । आयमा वृद्धि हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । कार्यव्यपारमा सफलता प्राप्त होला । योजना र बजेट बनाइ काम गर्नु हितकर हुनेछ । धन सम्पदामा बढोत्तरी हुनेछ ।

वृश्चिक – साहसिक काम बन्नेछ । मान महत्व बर्चश्व बढ्नेछ । वार्तामा सफलता प्राप्त होला । विजयश्री प्राप्त होला । उन्नति हुनेछ । आफन्तको सहयोग मिल्नेछ । भ्रमणमा आकर्षण बढ्नेछ । सुखसुविधाको वस्तु खरिद गर्नुहुनेछ । योजना र बजेट बनाइ कार्य बेस होला । ऋण रोग र शत्रुलाई जित्ने क्षमतामा वृद्धि हुनेछ ।

धनु – विभिन्न कामको बोझले ब्यस्तता बढाउन सक्छ । साँझपख मन प्रशन्न होला । अन्नधनमा वृद्धि हुनुको साथै आयस्रोतमा पनि बढोत्तरी होला । रोकिएको काम बन्नुसँगै उधारो लगाइएको धन पनि उठ्ला । बौद्धिक र रचनात्मक कार्य काम बन्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ । इष्टमितको साथ मिल्नेछ । सन्तान सुख बढ्ला । प्रेममा सफलता प्राप्त होला ।

मकर – ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । नियमकानूनले साथ दिनेछ । भएको दायित्वलाई पूरा गर्नुहुनेछ । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । अरुको भरमा बस्नु र विवादमा पर्नु उचित नहोला । योजना र बजेटमा बल बढ्नेछ । राजकीय काम गर्नु बेस रहला । आयस्रोत बढ्ला ।

कुम्भ – कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ । नयाँ आयस्रोतवर्द्धक काममा सफलता पाउनुसँगै इष्टमित्र र सन्तानको सुख मिल्नेछ । लगानी उठ्ला । रोकिएको काम बन्नेछ । आरोग्यता र ऐश्वर्य वृद्धि होला । साझेदारीको काम बन्नेछ । मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्ला । यात्रामा सफलता प्राप्त होला ।

मीन – लामे यात्रा टार्नु उपयुक्त हुनेछ । छोटो यात्रामा बाधा छैन । आफन्तको साथ मिल्नेछ । लेखन प्रकाशनसित सम्बन्धित काममा सफलता प्राप्त होला । वार्तामा सफलता मिल्नेछ । आर्थिक पक्ष बलियो बन्नेछ । सुख आनन्द बढ्ला । साझेदारीको काम बन्नेछ । समस्याको समाधान मिल्नेछ । ऋण रोग र शत्रुलाई जीत्ने सामर्थ्य बढ्ला ।