आजको पञ्चाङ्ग एवम् राशिफल (२८ असोज २०७८ बिहीबार, १४ अक्टोबर २०२१)

आजको पञ्चाङ्ग एवम् राशिफल (२८ असोज २०७८ बिहीबार, १४ अक्टोबर २०२१)



■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४३ नेपाल सं. ११४१ श्री सूर्योदक्षिणायने शरद ऋतु राक्षसनामक संवत्सर वि.सं. २०७८ आश्विन २८ गते तद् अनुसार सन् २०२१ अक्टोबर १४ तारिख बिहीबार आश्विन शुक्लपक्ष नवमी तिथि उत्तराषाढ़ा नक्षत्र सुकर्म योग ६ः३१ पर धृति योग बालब करण आनन्दादिमा सौम्य योग चन्द्रमा मकर राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः०४ मा भयो र सूर्यास्त सँझ १७ः३४ मा हुनेछ । महानवमी ।

आजको राशिफल

मेष – प्रसन्नता बढ्नेछ । आय-उन्नति बढ्नाले सुख शान्तिमा वृद्धि हुनेछ । वार्तामा सफलता प्राप्त होला । भाग्यवर्द्धक काम बन्नेछ । मान मिल्नेछ । प्रेममा रूचि बढ्ला । भ्रमण पनि गर्नुहुने सम्भावना रहनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । ख्याति फैलिनेछ ।

बृष – शारीरिक र आर्थिक कार्यमा प्रगति होला । सौभाग्य बढ्नेछ । मिठो भोजन प्राप्त होला । मान महत्व आरोग्यता बढ्नेछ । खर्चमा नियन्त्रण आउनेछ । शुभ कार्य बन्नेछ । व्यापारमा सफलता मिल्नेछ । यात्रा हुनेछ ।

मिथुन – भागदौड बढ्नेछ । सानो कामलाई पनि ज्यादा मिहेनत गर्नुपर्ला । ऋण, रोग र शत्रुसितको कुरामा सचेत रहनुहोला । नयाँ काममा सफलताको लागि विशेष ध्यान दिनुपर्ला । जोखिममा नपर्नु हितकर हुनेछ ।

कर्कट – बढी परीश्रमले प्रगति हुनेछ । रसरागको कार्यमा प्रयासरत रहनुहुनेछ । व्यवसायिक पक्षसित सम्बन्धित काम बन्नेछ । साझेदारीको काममा सफलता मिल्नेछ । आफ्नै बल विवेकले काम सम्पन्न गर्ने प्रयत्न गर्नुहोला ।

सिंह – मान महत्व पुरस्कार मिल्नेछ । उन्नति हुनेछ । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्ला । आफन्तको सहयोग मिल्नेछ । भाग्यवर्द्धक काम बन्नेछ । साहसिक कर्ममा रूचि बढ्ला । शुभ समाचार मिल्नेछ । पारिवारिक सुखशान्ति बढ्नेछ ।

कन्या – प्रेममा सफलता प्राप्त हुनेछ । व्यस्तता बढ्नेछ । मिठो भोजन मिल्नेछ । यात्रा होला । सुख शान्ति समृद्धि बढ्नेछ । कुनै पनि शारीरिक र आर्थिक जोखिममा नपर्नु उचित रहला । बौद्धिक र रचनात्मक कार्यमा लाग्नु बेस हुनेछ र सफलता पनि मिल्नेछ । इष्टमित्र सन्तानको सहयोग मिल्नेछ । रसरागमा आकर्षण बढ्ला ।

तुला – धनको आगमन भइरहनेछ । खेलकुद तथा भ्रमणमा आकर्षण बढ्नेछ । समस्याको समाधान मिल्नेछ । सुख समृद्धि मान पुरस्कार आदिमा विघ्नबाधाको डर रहला । मिठो भोजन खान पाउनुहुनेछ । अरुसित मिलेर काम गर्नु बेस रहला तर अरुको भरमा बस्नु र विवादमा पर्नु उचित हुने छैन ।

वृश्चिक – आयस्रोत बढ्ला । यात्रामा सफलता मिल्नेछ । लेखनप्रकाशनसित सम्बन्धित काम बन्नेछ । आरोग्यता बढ्ला । शत्रुसित लड्ने क्षमता बढ्नेछ । आफन्तको सहयोग प्राप्त होला । आर्थिक पक्ष बलियो बन्नेछ । साथीभाइको साथ मिल्नेछ भने मिठो भोजनकोयोग छ ।

धनु – धार्मिक कर्ममा सफलता मिल्नेछ । मनोकुलको काममा सफलता मिलेर मन प्रशन्न रहला । उच्चाधिकारीको सहयोग प्राप्त हुनेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । शैक्षिक र बौद्धिक काम बन्नेछ । मित्रजनको सहयोग मिल्नेछ । रसराग गीतसंगीतमा आकर्षण बढ्नेछ । सन्ततिसुख बढ्नेछ ।

मकर – खर्च र लगानी बढ्ला । धोखा हुने ठगिने सम्भावना रहनेछ । सोचीविचारी काम गर्नु अनुकुल रहनेछ । हांसविलासमा आकर्षण रहला । नियमकानूनलाई ध्यानमा राख्नुपर्नेछ । ऋण रोग र शत्रुप्रति सचेत रहनुपर्नेछ ।

कुम्भ – धन यश मान सुख समृद्धि बढ्नेछ । मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।

मीन – आय वृद्धि होला । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । वार्तामा सफलता मिल्नेछ । मान पुरस्कार मिल्नेछ । गौरवमा बढोत्तरी हुनेछ । लगानी उठ्नेछ । अन्नधन बढ्ला । सुख शान्ति मान महत्व बढ्नेछ । साझेदारीको काम बन्ला । विलासमा आकर्षण बढ्ला । आरोग्यता बढ्नेछ ।