८ कार्तिक २०७८, सोमबार

राष्ट्रपतिबाट सवारी दुर्घटनामा परी निधन भएकाप्रति श्रद्धाञ्जली

  प्रकाशित मिति
२७ आश्विन २०७८, बुधबार ०८:५७



राष्ट्रपति विद्यादेवी भण्डारीले मुगुलगायत विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा परी ठूलो सङ्ख्यामा नेपालीले अकालमा ज्यान गुमाउनु परेकामा आफू मर्माहत भएको बताउनुभएको छ ।

राष्ट्रपति भण्डारीले आज सामाजिक सञ्जाल ट्विटमार्फत् बडादशैँ मनाउन आफ्ना घर जाने र घुमघामका लागि यात्रा गर्ने क्रममा मुगु, सिन्धुपाल्चोक, अछाम, स्याङ्जा, डडेल्धुरा, कास्कीलगायतका स्थानमा भएका दुःखद् दुर्घटनामा निधन भएकाप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारमा समवेदना व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रायः चाडबाडका बेला सवारी दुर्घटना बढी हुने प्रवृत्ति पटक पटक दोहोरिने क्रम जारी रहेकाले नियामक निकाय, सेवा प्रदायक तथा सेवाग्राही सबैलाई सतर्कता अपनाउन ध्यानाकर्षण गराउनुभएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नासिर याह्या हुसेन नयाँ राष्ट्रिय कीर्तिमानसहित आबुधावीमा आयोजना हुने १५औँ फिना विश्व च्याम्पियनसीप २०२१ का लागि छनोट भएका छन् ।

नेपाली सेनाले देशका विभिन्न स्थानमा बाढीपहिरो गई जनजीवन प्रभावित इलाकामा जनशक्ति तथा स्रोेत साधन प्रयोग गरी खोज तथा उद्धार कार्य

केदार मगर, खोटाङ जिल्लाका घरघरमा पुगेर शान्तिको कामनासहित जोगीले फेरी लगाइहेका छन् । उनीहरुले फेरी लगाएमा घरको रक्षा हुने र

रासस गरिब तथा विपन्न समुदायलाई आवास सुविधा प्रदान गर्ने उद्देश्यले सुरुआत गरिएको जनता आवास कार्यक्रमअन्तर्गत मकवानपुर जिल्लामा १९८ घर निर्माण