८ कार्तिक २०७८, सोमबार

दशैँमा केको बली चढाउने ?

  प्रकाशित मिति
२७ आश्विन २०७८, बुधबार ००:३८


  • भिक्षु कश्यप

‘जय’ भनेको अरुलाई जित्नु हो, ‘विजय’ भनेको आफैंलाई जित्नु हो । पुराना कुराहरु साङ्केतिक हुने गर्दछन् ।

देवीहरु (दुर्गा, काली)ले पशुबध गरेको कथा र चित्रलाई अक्षरशः बुझ्नुभन्दा के कुरालाई संकेत गरेको हो, के कुरा भन्न खोजेको हो, गहिराइमा बुझ्नु आवश्यक छ ।

पूर्वीय दर्शनमा मानिसका शत्रु (क्लेश) मूलमा तीन कुरालाई मानिएको छ, राग (इच्छा, चाहना, कामना, वाशना आदि), द्वेष (रिष, इर्ष्या, गृणा, वैरभाव, शत्रु भाव आदि) र मोह (बेहोसी, तन्द्रा, आलश्य, भ्रम, अस्पष्टता, मुर्खता आदि) । यी तीन शत्रु वा क्लेशहरुले हामीलाई मुक्त हुन दिँदैनन्, संसारमा बाँधिरहन्छन् ।

यसरी कथा वा चित्रमा देखाइएको पशुले ‘मोह’लाई संकेत गरेको हो, र पशुबध भनेको आफूभित्र रहेको मोह अर्थात् बेहोसी, तन्द्रा, आलश्य, भ्रम, अस्पष्टता, मुर्खता आदि जस्ता शत्रुको बध गर्नु हो । आफूभित्रको शत्रुको बध सही अर्थमा बली हुन जान्छ न कि अमुक निर्दोष र निर्बल प्राणीको बध । आफूभित्र रहेको शत्रुलाई जितेपछि मात्र विजयादशमी मनाउनुको सार्थकता हुन्छ । अमुक निर्दोष र निर्बल पशु बध गर्नु भनेको त आफ्नो बेहोसी र भ्रम अर्थात् मोहलाई अझ बढाउनु हो । पशुबली दिएर होइन, मनको शत्रु ‘मोह’को बली चढाउनु होस्, होशमा आउनुहोस् । (मोहको बलि चढाउने भएर होला नेवारहरुले मोहनी नखः) पनि भन्छन् यस पर्वलाई) ।

आफ्नो मनमाथि विजय पाउनुहोस् । सबैमा विजयादशमीको शुभकामना।

भवतु सब्ब मंगलम्…



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलसँग नेपालस्थित युनेस्को प्रमुख माइकल क्राफ्टले आज शिष्टाचार भेट गरेका छन् । शिक्षा, विज्ञान तथा

नासिर याह्या हुसेन नयाँ राष्ट्रिय कीर्तिमानसहित आबुधावीमा आयोजना हुने १५औँ फिना विश्व च्याम्पियनसीप २०२१ का लागि छनोट भएका छन् ।

नेपाली सेनाले देशका विभिन्न स्थानमा बाढीपहिरो गई जनजीवन प्रभावित इलाकामा जनशक्ति तथा स्रोेत साधन प्रयोग गरी खोज तथा उद्धार कार्य

हिन्दूमाथि भइरहेको आक्रमणको विरोध गर्दै प्रर्दशन एचएस सिंह, राजविराज बंगलादेशमा अल्पसंख्यक हिन्दूमाथि भइरहेको आक्रमणको विरोधमा हिन्दू युवाहरूले सप्तरी सदरमुकाम राजविराजमा