८ कार्तिक २०७८, सोमबार

बागलुङ कालिकामा भक्तजनको घुइँचो

  प्रकाशित मिति
२६ आश्विन २०७८, मंगलवार १५:३४



दशैँ नजिकिएसँगै गण्डकी प्रदेशकै उत्कृष्ट धार्मिक पर्यटकीय गन्तव्य बागलुङ कालिका मन्दिरमा भक्तजननको घुइँचो लागेको छ । बागलुङको कालिका मन्दिर परिसरको पार्किङस्थलमा सवारी राख्ने ठाउँ छैन भने पूजा सामग्री खरिद गर्ने पसलमा भीडभाड छ ।

कोरोनाका कारण चैतेदसैँपछि बल्ल खुलेको कालिका मन्दिरमा काठमाडौं, चितवन, भैरहवा, पोखरालगायतका स्थानबाट कालिका मन्दिर दर्शका लागि आएका हुन् । कालिका मन्दिरमा दर्शँको सप्तमी अर्थात् फूलपातीको दिनदेखि दर्शनार्थीको भीड लाग्न थालेको छ ।

लामो समयपछि खुलेको कालिका मन्दिरमा दर्शन गर्नेको सङ्ख्या अधिक रहेको बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काले बताउनुभयो । कोरोना कहरको समयमा लामो समय बन्द हुँदा कालिका मन्दिरमा बलिसमेत चढ्न पाएको थिएन । अहिले बलि चढाउने, भाकल गर्ने तथा मन्दिर परिसरमा पूजापाठ लगाउनेको समेत चाप बढेको खड्काले बताउनुभयो ।

मन्दिर क्षेत्रमा भीडभाड भएसँगै जिल्ला प्रहरी कार्यालयले सुरक्षा सतर्कतासमेत बढाएको छ । प्रत्येक वर्षको दसैँमा कालिका दर्शन गर्न आउने गरेको पोखरा निवासी निर्मल अधिकारीको भनाइ छ ।

बडादशैँ र चैतेदशैँमा कालिका मन्दिरमा बढी मात्रामा दर्शनार्थीको भीड लाग्ने गरेको छ । मन्दिरमा चैत्राष्टमी र दशैँमा विशेष पूजाआजा हुने भएकाले यही समयमा धेरै भक्तजनको भीड लाग्ने गरेको छ । दशैँको समयमा एक पटक कालिका मन्दिर दर्शन गर्नुपर्ने बागलुङवासीको सोच छ । लामो समयपछि खुलेको मन्दिरमा बोका, राँगो, कुखुरालगायतको बलि चढाइन्छ भने शान्तिको प्रतिक परेवा उडाउन सकिनेछ । परेवाको बलि दिन मन्दिरमा निषेध गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलसँग नेपालस्थित युनेस्को प्रमुख माइकल क्राफ्टले आज शिष्टाचार भेट गरेका छन् । शिक्षा, विज्ञान तथा

नासिर याह्या हुसेन नयाँ राष्ट्रिय कीर्तिमानसहित आबुधावीमा आयोजना हुने १५औँ फिना विश्व च्याम्पियनसीप २०२१ का लागि छनोट भएका छन् ।

नेपाली सेनाले देशका विभिन्न स्थानमा बाढीपहिरो गई जनजीवन प्रभावित इलाकामा जनशक्ति तथा स्रोेत साधन प्रयोग गरी खोज तथा उद्धार कार्य

केदार मगर, खोटाङ जिल्लाका घरघरमा पुगेर शान्तिको कामनासहित जोगीले फेरी लगाइहेका छन् । उनीहरुले फेरी लगाएमा घरको रक्षा हुने र