८ कार्तिक २०७८, सोमबार

उत्तर कोरियाली नेता किमद्वारा अजेय सैन्य शक्ति निर्माण गर्ने उद्घोष

  प्रकाशित मिति
२६ आश्विन २०७८, मंगलवार ०६:१९



उत्तर कोरियाली नेता किम जोङ उनले हतियार प्रणालीको एक दुर्लभ प्रदर्शनीको समीक्षा गर्दै एक ‘अजेय सैन्य शक्ति’ निर्माण गर्ने प्रतिज्ञा गरेका छन् । उक्त अवसरमा आफ्नो सो भनाइ पुष्टि गर्दै उनले अमेरिकाले तनाव पैदा नगर्ने र उत्तर कोरियासँग कुनै शत्रुता नभएको प्रमाणित गर्ने कुनै कदम नचालेको आरोप समेत उनले लगाएका छन् ।

वाशिंगटन र सियोलका बीच स्पष्ट संवादको सन्दर्भ उल्लेख गर्दै भनेका छन्- ‘उक्त सेना निर्माणका लागि उनको अभियान दक्षिण कोरिया वा अरु कतैतिर लक्ष्यित छैन ।’ उनले स्पष्ट भनेका छन्- अब कोरियाली जनता एक अर्काका विरुद्ध लड्नु हुँदैन ।

किमले सोमबार ‘रक्षा विकास प्रदर्शनी : आत्मरक्षा २०२१’लाई सम्बोधन गर्दै एउटा कार्यक्रममा सत्तारुढ वर्कर्स पार्टीको ७६औं वार्षिकोत्वका अवसरमा उक्त प्रदर्शनी आयोजना गरिएको हो । सो प्रदर्शनीमा केही नयाँ हतियारसहित अन्तरमहाद्वीपीय ब्यालिस्टिक मिसाइल लगायतका अत्याधुनिक हतियारहरू राखिएका थिए । सैन्य परेडका दौरानमा प्रदर्शन गरिएका प्रायः ती हतियारहरू उत्तर कोरियाले पहिले नै परीक्षण गरिसकेको छ।

कोरियाली केन्द्रीय समाचार एजेन्सीले जनाएअनुसार नेता किङले अमेरिकाले बारम्बार उसका गतिविधिहरू उत्तर कोरियाविरुद्ध लक्ष्यित नभएको जनाए पनि विश्वस्त आधार र प्रमाण भने नदेखिएको जनाएका छन् । अमेरिकाले गलत निर्णय र कार्यद्वारा यस क्षेत्रमा तनावको स्थिति सृजना गरिरहेको आरोप उनले लगाएका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

पाँचथरको फिदिम नगरपालिका-४ सरखण्डेमा भएको बस दुर्घटनामा घाइते भएका दुई जनाको मृत्यु भएको छ । उपचारका लागि समर्पित अस्पताल पुऱ्याइएका

खोटाङ (रासस) हङकङमा पत्रकारिता गर्दै आउनुभएका धरानका पत्रकार किसन राईको भिरबाट लडेर खोटाङमा मृत्यु भएको छ । धरान उपमहानगरपालिका–१५ घर

हिन्दूमाथि भइरहेको आक्रमणको विरोध गर्दै प्रर्दशन एचएस सिंह, राजविराज बंगलादेशमा अल्पसंख्यक हिन्दूमाथि भइरहेको आक्रमणको विरोधमा हिन्दू युवाहरूले सप्तरी सदरमुकाम राजविराजमा

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले द्वन्द्वपीडित भनेर जारी गरेको परिचयपत्र देखाएर सिंहदरबार प्रवेश गर्न पाइने भएको छ । गृह मन्त्रालयमा