८ कार्तिक २०७८, सोमबार

चितुवाको आक्रमणबाट ९ वर्षीया बालिकाको मृत्यु

  प्रकाशित मिति
२६ आश्विन २०७८, मंगलवार ०४:००


चितुवाको आक्रमणबाट तनहुँको बन्दीपुर गाउँपालिका निवासी ९ वर्षीया बालिकाको सोमबार साँझ मृत्यु भएको छ । मृत्यु हुनेमा बन्दीपुर–५ बाहुनभञ्ज्याङ निवासी स्वीकृति थापा मगर रहेकी छन् ।

छिमेकमा मासु लिन जाने क्रममा बालिकालाई चितुवाले आक्रमण गरेको र बालिकाको शव घरभन्दा तल जङ्गलमा फेला परेको गाउँपालिका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए ।

लामो समयसम्म चितुवाको आक्रमण रोकिएको तनहुँमा चितुवा आक्रमण भएपछि स्थानीयवासी त्रसित भएका छन् । तनहुँमा पछिल्लो समय बालबालिका चितुवाको निसानामा पर्ने गरेका छन् ।

विसं २०७४ फागुनयता चितुवाको आक्रमणबाट ११ बालबालिकाले ज्यान गुमाएका छन् । चितुवाका आहारा प्रजाति मृग, बँदेल, खरायो, वन कुखुरा आदि वनमा लोप हुँदै गएपछि चितुवाले बस्तीमा प्रवेश गरी बालबालिकामाथि आक्रमण गर्न थालेको डिभिजन वन कार्यालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलसँग नेपालस्थित युनेस्को प्रमुख माइकल क्राफ्टले आज शिष्टाचार भेट गरेका छन् । शिक्षा, विज्ञान तथा

नासिर याह्या हुसेन नयाँ राष्ट्रिय कीर्तिमानसहित आबुधावीमा आयोजना हुने १५औँ फिना विश्व च्याम्पियनसीप २०२१ का लागि छनोट भएका छन् ।

नेपाली सेनाले देशका विभिन्न स्थानमा बाढीपहिरो गई जनजीवन प्रभावित इलाकामा जनशक्ति तथा स्रोेत साधन प्रयोग गरी खोज तथा उद्धार कार्य

हिन्दूमाथि भइरहेको आक्रमणको विरोध गर्दै प्रर्दशन एचएस सिंह, राजविराज बंगलादेशमा अल्पसंख्यक हिन्दूमाथि भइरहेको आक्रमणको विरोधमा हिन्दू युवाहरूले सप्तरी सदरमुकाम राजविराजमा