८ कार्तिक २०७८, सोमबार

टी-२० विश्वकप क्रिकेटमा विजेता टीमले १६ लाख अमेरिकी डलर पाउने आईसीसीको घोषणा

  प्रकाशित मिति
२६ आश्विन २०७८, मंगलवार ००:५३


इन्टरनेशनल क्रिकेट काउन्सिल (आईसीसी)ले यही अक्टोबर १७ देखि शुभारम्भ हुने टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको पुरस्कार राशिको घोषणा गरेको छ ।

आईसीसीले हालै घोषणा गरेको पुरस्कार राशिमा टी-२० विश्वकप क्रिकेटमा विजेता टीमले १६ लाख र उपविजेताले ८ लाख अमेरिकी डलर पाउने जानकारी गराएको छ ।

त्यस्तै, आईसीसीले सेमीफाइनलमा पराजित हुने दुई टीमलाई पनि नगद पुरस्कार दिने घोषणा गरेको छ । ती दुई टीमले लगभग ५ करोड नेपाली रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै सुपर १२ चरणमा प्रत्येक खेल जित्ने टीमलाई बोनससहित पुरस्कृत गरिने आइसीसीले जानकारी गराएको छ ।

२०१६ को टी–२० विश्वकप झैँ २०२१ को टी-२० विश्वकपको सुपर १२ चरणमा प्रत्येक खेलमा बोनस राशि हुनेछ । यो चरणमा ३० खेल हुनेछन् । जसमा प्रत्येक खेलमा विजयी हुने राष्ट्रको टीमले ४० हजार डलर पुरस्कार राशि पाउने छ ।

सुपर १२ चरणमा प्रतिस्पर्धा गर्ने टीमहरूमा अफगानिस्तान, अष्ट्रेलिया, इङ्गल्याण्ड, भारत, न्युजील्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका र वष्टइण्डिजगरी आठ टीम रहेका छन् । यी आठ टीमको पुरुष टी-२० विश्वकप अभियान सुपर चरणमा समाप्त हुनेछ । यी टीमहरूलाई नियमसंगत ७० हजार डलर दिइने छ ।

त्यस्तै, पहिलो चरणवाट बाहिरिने चार टीमले ४० हजार डलर पाउने छन् । यी टीमहरूको अभियान पहिलो चरणदेखि शुरु हुनेछ । जसमा बंगलादेश, आयरल्याण्ड, नामिविया, नेदरल्याण्ड, ओमान, पपुवा न्यगिनी, स्कटल्याण्ड र श्रीलंका रहेका छन् ।

त्यस्तै टी–२० विश्वकप क्रिकेट २०२१ मा पहिलो पटक पुरुषतर्फ (डिआरएस)को प्रयोग हुने पनि आईसीसीले जानकारी गराएको छ । यो नियमअनुसार प्रत्येक टीमले पहिलो इनिङमा अधिकतम दुई पटक डिआरएसको प्रयोग गर्न पाउने छन् । यसैगरी खेलमा दुई पटक ड्रिङ्क्स ब्रेक पनि हुनेछ । जसको समय २ मिनेट ३० सेकेन्ड निर्धारण गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

अरुण नदीमा पहिचान भएको ४९० मेगावाट क्षमताको अर्धजलाशयुक्त अरुण-४ जलविद्युत् आयोजनाको सर्भेक्षण अनुमतिपत्र सरकारले नेपाल विद्युत् प्राधिकरणलाई दिएको छ ।

नासिर याह्या हुसेन नयाँ राष्ट्रिय कीर्तिमानसहित आबुधावीमा आयोजना हुने १५औँ फिना विश्व च्याम्पियनसीप २०२१ का लागि छनोट भएका छन् ।

पाँचथरको फिदिम नगरपालिका-४ सरखण्डेमा भएको बस दुर्घटनामा घाइते भएका दुई जनाको मृत्यु भएको छ । उपचारका लागि समर्पित अस्पताल पुऱ्याइएका

खोटाङ (रासस) हङकङमा पत्रकारिता गर्दै आउनुभएका धरानका पत्रकार किसन राईको भिरबाट लडेर खोटाङमा मृत्यु भएको छ । धरान उपमहानगरपालिका–१५ घर