८ कार्तिक २०७८, सोमबार

नेपाली चलचित्र क्षेत्रमा योगदान पुऱ्याउने नौ कलाकार सम्मानित

  प्रकाशित मिति
२१ आश्विन २०७८, बिहीबार १८:१६


कलाकारिताका क्षेत्रबाट नेपाली चलचित्र क्षेत्रमा पुऱ्याएको योगदानको कदर गर्दै नौ जना कलाकारलाई ‘दोस्रो राष्ट्रिय नवदुर्गा सम्मान’ बाट सम्मान गरिएको छ ।

रेजिना इन्टरटेनमेन्ट प्राली र शहीद फिल्मस प्रालीले आयोजना गरेको कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले वरिष्ठ अभिनेत्री चैत्यदेवी सिंह, लक्ष्मी गिरी, मौसमी मल्ल र शर्मिला मल्ललाई सम्मान गर्नुभयो ।

त्यसैगरी मन्त्री भुसालले अभिनेत्री केकी अधिकारी, सुरक्षा पन्त, निता ढुङ्गाना, रामराज्यलक्ष्मी शाह र उपासनासिंह ठकुरीलाई पनि सम्मान गर्नुभयो । सोही अवसरमा मन्त्री भुसालले समावेशिताका कारण राज्यका सबै क्षेत्रमा महिलाको सहभागिता बढ्दै गएको बताउनुभयो ।

उहाँले राज्यका हरेक संरचनासहित अन्य क्षेत्रको नेतृत्व तहमा महिलालाई पु¥याउनका निम्ति भएका ऐन÷कानुनको कार्यान्वयन गर्न सकारात्मक दबाब दिनुपर्नेमा जोड दिनुभयो । मन्त्री भुसालले नेपाली चलचित्र क्षेत्रमा देखिएका समस्या समाधान गर्न सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले कोरोनाका कारण बन्दाबन्दी भएर चलचित्र हल बन्द हुँदा पनि राज्यले त्यतिबेलाको बिजुलीको बिल तिर्नुपरेको गुनासो गर्दै त्यसलाई छुट गर्नुपर्ने माग गर्नुभयो ।

  • pict:rss



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलसँग नेपालस्थित युनेस्को प्रमुख माइकल क्राफ्टले आज शिष्टाचार भेट गरेका छन् । शिक्षा, विज्ञान तथा

नासिर याह्या हुसेन नयाँ राष्ट्रिय कीर्तिमानसहित आबुधावीमा आयोजना हुने १५औँ फिना विश्व च्याम्पियनसीप २०२१ का लागि छनोट भएका छन् ।

नेपाली सेनाले देशका विभिन्न स्थानमा बाढीपहिरो गई जनजीवन प्रभावित इलाकामा जनशक्ति तथा स्रोेत साधन प्रयोग गरी खोज तथा उद्धार कार्य

केदार मगर, खोटाङ जिल्लाका घरघरमा पुगेर शान्तिको कामनासहित जोगीले फेरी लगाइहेका छन् । उनीहरुले फेरी लगाएमा घरको रक्षा हुने र