८ कार्तिक २०७८, सोमबार

युवा वर्ग : अबका विश्वस्त अभियन्ता

  प्रकाशित मिति
२१ आश्विन २०७८, बिहीबार ०८:२२


सत्तामा हुँदा आफू र आफ्नाका लागि मात्रै काम गर्ने, तर सत्ताबाट गलहत्तिने बित्तिकै चाहिँ ठूल्ठूला कुरा गर्ने मतिभ्रष्ट नेतालाई अबउसो र्‍याखर्‍याख्ती पार्न थालौं । ५०-६० वर्षदेखि राजनीतिलाई कमाइखाने पेशा बनाएका, पटक-पटक मन्त्री र प्रधानमन्त्री भएका चरित्रस्खलित नेताहरूलाई बाईबाई गर्ने वर्तमानको अभिभारा अब युवाहरूकै काँधमा छ ।
  • राजबाबु शंकर

हामीले बरोबर सुन्दै आएका र भन्दै पनि आएका कुरा हुन्- दलका नेताहरू भ्रष्ट भए, लोभी-पापी भए, नेताहरूले देश लुटे । यस्ता देशप्रति बेइमान र जनताप्रति गद्दार नेताहरू शासक रहुञ्जेल नेपाल कहिल्यै बन्दैन… आदि इत्यादि । हो… यो दुर्दशाका साक्षी र तिनै नेतागणको खराब कर्मबाट सिर्जित एकपछिअर्को समस्याबाट पीडित हामी सबै हौँ । यसको चिन्ता आमनेपालीमा छ । र, अब यस्ता समस्याहरूबाट समान रूपमा पीडित साझेदारहरूले गहिरो गम्न र साझा चिन्तन गर्नतिर घोत्लिन जरुरी भइसकेको छ ।

वास्तवमा देश र देशबासीको अवस्था चिन्ताजनक छ । त्यसैले अब यस्तो साझा चिन्तालाई साझा चिन्तनकै विषय बनाएर विचार र कर्मले ऐक्यबद्ध हुन जरुरी छ । नेता पतित भए, तिनले राजनीति बिगारे, शासनमा तानाशाही लादे र आ-आफ्नो कुस्वार्थमा देश-जनताको भविष्य दाउमा लगाए, मति सुध्रिएको पनि छैन र अझै लगाइरहेकै छन् ! अब तत्काल त्यसको निदान पहिल्याएर उपचारतिर नलाग्ने हो भने यी कुशासनीहरूले भविष्य सुरक्षित राखिदिने छैनन्- यो सावधानी अबको प्राथमिकता हुनुपर्छ, र त्यतातिर युवा वर्गले नेतृत्व लिन ढिलो हुँदैछ ।

युवाहरू भविष्यका कर्णधार त हुन् नै, वर्तमानका साझेदार पनि हुन् । यसरी नै र यही क्रमबद्धतामा घोर स्वार्थी, भ्रष्टाचारी र राज्यको सम्पत्तिमा लूट मच्चाइरहने नेतालाई सत्तामा चढाइरहनु भनेको देशलाई चितामा चढाउनु बराबर हो भन्ने सोचका साथ खासगरी यो देशका राष्ट्रभक्त युवा वर्गले वारपार अभियान छेड्नु अत्यावश्यक भइसकेको छ । हामी नागरिकले आफ्नो शक्ति बुझ्न जरुरी छ । आफन्त वा असल साथी मात्रै नभएर शासक चिन्ने पनि आपत्विपद्कै बेला हो । देश र नागरिकलाई जानाजान र बारम्बार पीडित तुल्याउने, दुःख दिने अनि हरतरहका हथकण्डा अपनाएर सत्तामा लिपास्सिइरहने मात्रै रहने धुन्धुकारी नेतागणको प्रतिस्थापन नै वर्तमानको एक सगोल साझा एजेण्डा बनाउनु पर्ने आवश्यकता प्रश्नविहीन भएको छ । एक-एक मिलेरै लाख बन्ने हो । देशका समस्यालाई लिएर सारा सचेत एवम् जागरुक युवा वर्ग संगठित बन्ने हो भने नेतागणको अत्याचार-मैमत्तपन विरुद्धको आवाज सघन र जेहाद सशक्त बन्न जान्छ ।

विधिको बर्खिलाप काम गर्ने शासक-प्रशासकहरूलाई प्रतिकार गरौं । आफूले आस्था राखेका दलका नेताहरूले जतिसुकै खराब गरे पनि राम्रो देख्न छोडौं । राज्यबाट तलब-भत्ता सुमर्ने तर जनमैत्री काम नगर्नेहरूलाई घेराबन्दी गरेर प्रश्न गरौं । नागरिकको करबाट चल्ने व्यक्ति र संस्थाका हर क्रियाकलापको चियो लिऔं, तत्काल खबरदारी गरौं । जवाफदेही नबन्ने शासकलाई बहिष्कार अनिवार्य गरौं । हाम्रो करबाट तलब खाने जागिरेले कुनै दलको सदस्य लिएको छ भने जागिरबाट राजीनामा मागौं । करबाट पालिएका दलको, गुटको, नेता-विशेषको चाकडी गरेर आफ्नो जागिरप्रति बेइमानलाई चेतावनी दिऔं ।

सत्तामा हुँदा आफू र आफ्नाका लागि मात्रै काम गर्ने, तर सत्ताबाट गलहत्तिने बित्तिकै चाहिँ ठूल्ठूला कुरा गर्ने मतिभ्रष्ट नेतालाई अबउसो र्‍याखर्‍याख्ती पार्न थालौं । ५०-६० वर्षदेखि राजनीतिलाई कमाइखाने पेशा बनाएका, पटक-पटक मन्त्री र प्रधानमन्त्री भएका चरित्रस्खलित नेताहरूलाई बाईबाई गर्ने वर्तमानको अभिभारा अब युवाहरूकै काँधमा छ । वर्तमानदेखि भविष्यसम्मै मुलुक बनाउने र मुलुकबासीको सुशासनप्रतिको चिर अपेक्षा सम्बोधन गर्ने विश्वस्त अभियन्ता निश्चित रूपमा आजकै युवा हुन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

पाँचथरको फिदिम नगरपालिका-४ सरखण्डेमा भएको बस दुर्घटनामा घाइते भएका दुई जनाको मृत्यु भएको छ । उपचारका लागि समर्पित अस्पताल पुऱ्याइएका

खोटाङ (रासस) हङकङमा पत्रकारिता गर्दै आउनुभएका धरानका पत्रकार किसन राईको भिरबाट लडेर खोटाङमा मृत्यु भएको छ । धरान उपमहानगरपालिका–१५ घर

हिन्दूमाथि भइरहेको आक्रमणको विरोध गर्दै प्रर्दशन एचएस सिंह, राजविराज बंगलादेशमा अल्पसंख्यक हिन्दूमाथि भइरहेको आक्रमणको विरोधमा हिन्दू युवाहरूले सप्तरी सदरमुकाम राजविराजमा

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले द्वन्द्वपीडित भनेर जारी गरेको परिचयपत्र देखाएर सिंहदरबार प्रवेश गर्न पाइने भएको छ । गृह मन्त्रालयमा