८ कार्तिक २०७८, सोमबार

सहमहामन्त्री डा. महतको नेतृत्वमा कांग्रेसको टोली भारत प्रस्थान

  प्रकाशित मिति
२१ आश्विन २०७८, बिहीबार ०६:४८



नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महत नेतृत्वको कांग्रेस नेताहरुको टोली आज भारत भ्रमणका लागि नयाँदिल्ली प्रस्थान गरेको छ ।

भारतीय जनता पार्टीको निमन्त्रणामा डा. महत नेतृत्वको टोली आज त्यसतर्फ लागेको हो । सो टोलीमा नेपाली कांग्रेसका नेताद्वय अजय चौरसिया र उदयशम्शेर राणा हुनुहुन्छ । पाँच दिनको भ्रमणका क्रममा उहाँहरुले भारतीय जनता पार्टीका अध्यक्ष तथा नेताहरुका साथै भारतीय विदेशमन्त्रीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

पूर्व परराष्ट्रमन्त्री समेत रहेका सहमहामन्त्री डा. महतको आमन्त्रणामा केही हप्ताअघि भारतीय जनता पार्टीको विदेश विभागका प्रमुख विजय चौथाइवाले नेपाल भ्रमणमा आएका थिए । त्यस भ्रमणका क्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवा, सहमहामन्त्री डा. महतसहित नेपाली कांग्रेस र अन्य राजनीतिक दलका नेतासँग भेटवार्ता गरेका थिए ।

त्यसपछि भारतीय जनता पार्टीको आमन्त्रणामा डा महत नेतृत्वको टोली आज भारत लागेको हो । दिल्ली प्रस्थान गर्नुअघि डा महतले यो भ्रमणले नेपाली कांग्रेस र भारतीय जनता पार्टीका साथै नेपाल र भारत सरकारबीचको सम्बन्धलाई थप सुदृढ गर्न सहयोग गर्ने बताए ।

उनले भने, ‘केही अघि भारतीय जनता पार्टीका नेता नेपाल आउनुभयो र आज हामी भारततर्फ जाँदैछौँ, दुई दलबीचको यो भ्रमण आदानप्रदानले आपसी समझ्दारी र एक अर्काप्रतिको बुझाइमा सहयोग पुर्‍याउने छ ।’

यस्ता भ्रमणका क्रममा आपसी समझ्दारीमा वृद्धि हुनुका साथै दुई दल र त्यसमार्फत् दुवै देशका सरकारसमक्ष आफ्ना सरोकारका कुरा राख्न र आफ्ना विषयवस्तु बुझाउन पनि मद्दत पुग्ने उहाँले बताउनुभयो । नेपाली कांग्रेसको यो प्रतिनिधिमण्डलले भारतीय जनता पार्टीको नेतृत्वमार्फत् नेपालको चासो, हित र सरोकारका विषय भारत सरकारसमक्ष पुर्‍याउन पनि मद्दत पुग्ने उनले बताए ।

तस्बिर रासस



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

पाँचथरको फिदिम नगरपालिका-४ सरखण्डेमा भएको बस दुर्घटनामा घाइते भएका दुई जनाको मृत्यु भएको छ । उपचारका लागि समर्पित अस्पताल पुऱ्याइएका

खोटाङ (रासस) हङकङमा पत्रकारिता गर्दै आउनुभएका धरानका पत्रकार किसन राईको भिरबाट लडेर खोटाङमा मृत्यु भएको छ । धरान उपमहानगरपालिका–१५ घर

हिन्दूमाथि भइरहेको आक्रमणको विरोध गर्दै प्रर्दशन एचएस सिंह, राजविराज बंगलादेशमा अल्पसंख्यक हिन्दूमाथि भइरहेको आक्रमणको विरोधमा हिन्दू युवाहरूले सप्तरी सदरमुकाम राजविराजमा

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले द्वन्द्वपीडित भनेर जारी गरेको परिचयपत्र देखाएर सिंहदरबार प्रवेश गर्न पाइने भएको छ । गृह मन्त्रालयमा