मंगलबार थपिए मंगलबार १,१५८ संक्रमित, २४ घण्टामा १२ जनाको मृत्यु

मंगलबार थपिए मंगलबार १,१५८ संक्रमित, २४ घण्टामा १२ जनाको मृत्यु


नेपालमा मंगलबार थप १,१५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३८३ जना संक्रमित थपिएका छन् । काठमाडौंमा २७०, भक्तपुरमा ४४ र ललितपुरमा ६९ संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ११५ पुगेको छ ।

मंगलबार १,३१८ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर १८,४२२ सक्रिय संक्रमित रहेका छन् ।

गत चौबीस घन्टामा ११,६७२ पीसीआर तथा २,३३१ एन्टिजेन परीक्षण भएको छ।