आजको पञ्चाङ्ग एवम् राशिफल (१२ असोज २०७८ मंगलबार, २८ सेप्टेम्बर २०२१)

आजको पञ्चाङ्ग एवम् राशिफल (१२ असोज २०७८ मंगलबार, २८ सेप्टेम्बर २०२१)



■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४३ नेपाल सं. ११४१ राक्षस नामक सम्वत्सर शरद ऋतु वि.सं. २०७८ आश्विन १२ गते तद्अनुसार सन् २०२१ सेप्टेम्बर २८ तारिख मंगलबार आश्विन कृष्णपक्ष सप्तमी तिथि मृगशिरा नक्षत्र व्यतिपात योग बालब करण आनन्दादिमा राक्षस योग चन्द्रमा मिथुन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः५५ मा र सूर्यास्त साँझ १७ः५२ बजे हुनेछ । अष्टमी व्रत, महालक्ष्मी व्रत समाप्ति, द्विपुष्करयोग १५ः५ बजेसम ।

आजको राशिफल

मेष – आफन्तको सहयोग प्राप्त हुनेछ । आँट उत्साह बढ्नेछ । नयाँ काम आरम्भ गर्नु हितकर रहनेछ । यश वर्चश्व बढ्ला । कार्य क्षेत्रमा सफलता मिल्नेछ । आरोग्यता बढ्ला । बौद्धिक, रचनात्मक, कलात्मक, साहित्य, संगीत आदिसित सम्बन्धित काममा सफलता मिल्नेछ । असल भावनाले युक्त कार्य शुभ र सफलतादायक रहनेछ । सन्तानको सुख बढ्नेछ । साझेदारीको काम बन्नेछ । मिठो भोजन खान पाउनुहुनेछ ।

बृष – शुभ समय छ । धनको आवागमन भैरहने छ । हासविलासमा आकर्षण बढ्नेछ । उन्नति हुनेछ । समस्याको समाधान मिल्नेछ । रोकिएको काम बन्ला । मिठो भोजन प्राप्त हुनेछ । ख्याति फैलिनेछ ।

मिथुन – साहसिक कर्ममा आकर्षण बढ्नेछ । लाभदायक समय छ । व्यस्तता बढ्नेछ । खेलकुद र भ्रमणमा आकर्षण बढ्नेछ । पढाइलेखाइमा रुचि बढाउनु पर्ला । लेखन प्रकाशनसित सम्बन्धित काममा सफलता मिल्नेछ । आकस्मिकता रहनेछ । परिश्रमले सफलता पाउनुहुनेछ । आयस्रोत वृद्धि हुनेछ । सफलता र समृद्धिको प्राप्ति हुनेछ ।

कर्कट – मिठो भोजन प्राप्त हुनेछ । प्रेममा सफलता प्राप्त हुनेछ । इष्टमित्रको साथ प्राप्त हुनेछ र सन्तान सुख मिल्नेछ । जोखिममा नपर्नु बेस रहला । व्यस्तता बढ्नेछ । वार्तामा सफलता मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । सुखसुविधाको वस्तु बढ्नेछ । मान पुरस्कार मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ । जीवनसाथीको साथ मिल्नेछ ।

सिंह – सुख शान्ति र समृद्धि बढ्नेछ । आरोग्यता बढ्नुको साथै आँट उत्साह पनि बढ्नेछ । बौद्धिक रचनात्मक कलात्मक आदि कार्यमा सफलता मिल्नेछ । यात्रापरक र लेखन प्रकाशनसित सम्बन्धित काममा पनि सफलता मिल्ला । साहसिकताको क्षेत्रसित सम्बन्धित काम बन्नेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त होला ।

कन्या – शुभ र भाग्यवर्द्धक काम बन्नेछ । प्रेममा रुचि बढ्ला । यात्रामा सफलता प्राप्त होला । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ । मित्रजन र सन्तानको सहयोग मिल्नेछ । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । वार्तामा सफलता मिल्नेछ । सुख सम्पतिमा बढोत्तरी हुनेछ । मान महत्व बढ्ला । आर्थिक काममा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्यमा सफलता मिल्नेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ ।

तुला – समय जोखिमपूर्ण कार्यमा रुचिप्रदायक रहला, तर सद्कार्यमा लाग्दा नै शुभ रहला । अरुको भर नपर्दा शुभ होला । ठगी विश्वासघातदेखि सचेत रहनुपर्नेछ । जोखिम बढ्न सक्छ । गुप्त तवरले काम बन्नेछ । आरोग्यतामा ध्यान दिनुपर्नेछ । विवादमा नपर्नु हितकर रहला ।

वृश्चिक – कार्यमा सफलता मिल्ने । विकासको नयाँ सम्भावना देखापर्ला । आशा उत्साह वृद्धि होला । धन सम्पत्ति बढ्नेछ । दायित्व बढ्ला र दायित्वलाई पूरा पनि गर्नुहुनेछ । सुखको बस्तु बढ्ने सम्भावना रहला । साझेदारीको काम बन्नेछ । यात्रापरक सफल हुनुहुनेछ । भोगविलासमा आकर्षण बढ्नेछ । पारिवारिक सुख शान्ति बढ्नेछ । आर्थिक लगानीमा वृद्धि हुनेछ । योजना र बजेट बनाइ कार्य गर्नु उचित हुनेछ ।

धनु – धन मान साहस बढ्नेछ । आयस्रोत बढ्ला । रोकिएको काम बन्ला र लगानी उठ्नेछ । गौरव वृद्धि हुनेछ । पारिवारिक सुख आनन्द पनि बढ्नेछ । कार्यव्यापारमा सफलता पाउनुहुनेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । विजयश्री मिल्नेछ ।

मकर – उन्नति पदोन्नति होला । बिघ्न हट्ला । कर्मयोगी रहनुहुनेछ तर अरुको भरमा नबसेमा राम्रो रहला । प्रयासरत काम बन्नेछ । यश वर्चश्व बृद्धि हुनेछ । मिठो भोजन मिल्नेछ । मनोकूलको काम बनेर मन प्रशन्न भैहाल्नेछ । विजयश्री प्राप्त होला । आरोग्यता बढ्ला । कलात्मक र रचनात्मक क्षेत्रसित सम्बन्धित काममा सफलता भेट्ला । इष्टमित्र सन्तानको सहगयोग मिल्नेछ ।

कुम्भ – यात्रा होला । खर्च बढ्नेछ । साझेदारीसित सम्बन्धित काम बन्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । भोग विलासमा आकर्षण बढ्ला । सुख शान्ति बढ्ला । ख्याति फैलिनेछ । छलकपट धोखाधडी आदिप्रति सचेत हुनुपर्ला ।

मीन – ग्रहगोचर अत्यन्तै शुभ फलदायक छ । भागदौड भैरहला । यात्रामा सफलता मिल्नेछ । आशा उत्साह बढ्नेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्ला । घरपरिवारको स्थिति अनुकूल होला । ऐश्वर्य बढ्नेछ । आफन्तको सहयोग मिल्नेछ । रोकिएको काम पूरा होला । विजयश्री मिल्नेछ । अन्नधन बढ्नेछ ।