सोमबार १,२८२ जनामा कोरोना संक्रमण पुष्टि, सात जनाको मृत्यु

सोमबार १,२८२ जनामा कोरोना संक्रमण पुष्टि, सात जनाको मृत्यु



नेपालमा सोमबार थप १,२८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र ३९४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार काठमाडौंमा २८५, भक्तपुरमा ४३ र ललितपुरमा ६६ जना संक्रमित थपिएका हुन् ।

यस्तै, पछिल्लो २४ घण्टामा देशभर ७ जना कोरोना संक्रमितको मृत्यु भएको र यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११,१०३ पुगेको छ।

सोमबार १ हजार २६२ जना कोरोना संक्रमणमुक्त भएका छन्हा भने हाल देशभर १८,८४८ सक्रिय संक्रमित रहेका छन् ।