प्रतीक्षा शुक्ला ‘मिस नेपाल युएस २०२१’ घोषित

प्रतीक्षा शुक्ला ‘मिस नेपाल युएस २०२१’ घोषित


‘मिस नेपाल युएस २०२१’ को उपाधि प्रतीक्षा शुक्लाले जितेकी छन् । शनिबार अमेरिकाको न्यूयोर्कमा आयोजित प्रतियोगिताको अन्तिम स्पर्धामा उनी १० प्रतियोगीलाई पछि पार्दै विजेता घोषित भएकी हुन् ।

प्रतियोगितामा फष्ट रनरअप कला न्यौपाने र सेकेण्ड रनरअप विजेता अलिशा लिम्बु भए । सम्पन्न प्रतियोगिता ‘मिस नेपाल युएस’को १०औँ संस्करण हो । जसमा अमेरिकाका विभिन्न राज्यबाट प्रतियोगी सहभागी भएका थिए ।

प्रतियोगिताको शीर्ष दश स्थानमा अपेक्षा सिंह गुरुङ परियार, कला न्यौपाने, प्रतीक्षा शुक्ला, प्रतिशा प्रधान, प्रीतिजा जैसी, रीया श्रेष्ठ, सुनिता अधिकारी, सान्यमिता श्रेष्ठ, सोन्याषा थापा र अलिशा लिम्बु पुगेका रहेका थिए ।

न्यूयोर्कको क्विन्स थिएटर (नाट्यकला)मा आयोजना भएको कार्यक्रममा सहभागी हुनुअघि प्रतियोगीहरूको कोभिड–१९ परीक्षण गरिएको थियो ।

सो प्रतियोगिता २०११ मा न्यूयोर्क शहरबाट अमित शाहले सुरु गरेका थिए । पहिलो मिस नेपाल युएसको उपाधि सुजिता बस्नेतले जितेकी थिइन् ।