आजको पञ्चाङ्ग एवम् राशिफल (११ असोज २०७८ सोमबार, २७ सेप्टेम्बर २०२१)

आजको पञ्चाङ्ग एवम् राशिफल (११ असोज २०७८ सोमबार, २७ सेप्टेम्बर २०२१)



■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४३ नेपाल सम्वत् ११४१ शरद ऋतु वि.सं. २०७८ आश्विन ११ गते सोमबार तद्अनुसार सन् २०२१ सेप्टेम्बर २७ तारिख आश्विन कृष्णपक्षको षष्ठी तिथि १३ः१ पर सप्तमी तिथि रोहिणी नक्षत्र सिद्ध योग भद्रा करण आनन्दादिमा प्रवर्द्ध योग चन्द्रमा वृष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः५५ मा भयो र सूर्यास्त साँझ १७:३ मा हुनेछ । सप्तमी श्राद्ध, पर्यटन दिवस ।

आजको राशिफल

मेष – समय समृद्धिवर्द्धक छ । आरोग्यता बढ्ला । सत्कार्यमा सफलता प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काम बन्नेछन् । मान महत्व बढ्नेछ । धनसम्पत्ति बढ्नेछ । सुख बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । आफन्तसुख बढ्नेछ । घरपरिवारको स्थिति अनुकूलै रहला । सुख–सुविधाको वस्तु बढ्नेछन् । नयाँ सम्भावना देखापर्नेछ । आशा उत्साह थपिनेछ ।

बृष – धन मानसित सम्बन्धित कार्यमा सफलता प्राप्त हुनेछ । आफन्तको साथ प्राप्त हुनेछ । आरोग्यता बढ्नेछ । रसरागमा आकर्षण बढ्नेछ । खेलकुद भ्रमणमा रुचि बढ्नेछ । आर्थिक क्षेत्रमा सफलता मिल्नेछ,तर योजना बनाएर काम गर्नुपर्ला । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

मिथुन – रसरागमा आकर्षण बढ्नेछ । बौद्धिक र रचनात्मक काम बन्नुका साथै इष्टमित्रको साथ प्राप्त हुनेछ । व्यस्तता बढ्ला । खर्च बढ्नेछ । लगानी वृद्धि हुनेछ । योजना र बजेट बनाइ काम गर्नु हितकर रहला ।

कर्कट – ग्रहगोचर शुभ र लाभदायक छ । अर्थ साधनमा कमी आउने छैन । कार्यमा सफलता मिल्नुसँगै प्रगतिका काम पनि बन्नेछ । बौद्धिक र रचनात्मक काममा रुचि बढ्नुसँगै यात्रामा पनि सफलता पाउनुहुनेछ ।

सिंह – वर्चश्व बढ्नेछ । कार्यमा नयाँ सम्भावना देखापर्ने छ । आशा उत्साह थपिनेछ । परिवारिक सुखशान्ति वृद्धि हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ । नियम कानुन दाहिना हुनेछन् । योजना र बजेट बनाई कार्य गर्नु बेस रहला । उच्चाधिकारीहरूसँगको व्यवहारमा यश मिल्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ । इष्टमित्रको साथ प्राप्त हुनेछ ।

कन्या – व्यस्तता बढे पनि समय शुभ र भाग्यवर्द्धक छ । परिश्रम बढ्नुको साथै कार्यमा पनि सफलता मिल्ने देखिन्छ । साझेदारीको कार्य बन्नुको साथै नयाँ–नयाँ कार्यमा पनि प्रगतिको बाटो बलियो बन्ने छ । जीवनसाथीको सुख–सहयोग पाउनुहुनेछ । रसरागमा आकर्षण गर्नेछ । प्रशंसा होला । यात्रामा ध्यान राख्नुपर्नेछ । लेखनप्रकाशनसित सम्बन्धित काम बन्नेछ ।

तुला – ऋण रोग र शत्रुप्रति ध्यान राख्नुपर्नेछ । साझेदारीको काम बन्नेछ । आफन्तको सहयोग मिल्नुको साथै शत्रुलाई पनि जित्नुहुनेछ । रोकिएको काम बन्नेछ र नयाँ कार्यमा सफलता पाउनुहुनेछ । विजयश्री मिल्नुको साथै सुख–समृद्धि बढ्नेछ । आलस्य नगरी समयबाट बढीभन्दा बढी फाइदा लिनुहोस् ।

वृश्चिक – ऋण, रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । प्रेमको क्षेत्रमा अनुकूलता बढ्नेछ । मिठो भोजन मिल्नेछ । आरोग्यता बढ्ला । इष्टमित्र सन्तान आदिद्वारा सहयोग मिल्नेछ । कला साहित्य संगीत गीत रसरागसित सम्बन्धित कार्यमा सफल रहनुहुनेछ । रचनात्मक र कलात्मक कार्यमा सफलताको साथै साथीभाइबीच आमोदप्रमोदमा हुनेछ । आनन्द बढ्नेछ । सुखशान्तिमा वृद्धि होला । प्रेमपात्रको साथ पाइनेछ ।

धनु – देखापरेको समस्याको समाधान मिल्नेछ । आम्दानी बढ्नेछ । यात्रा हुनेछ । भागदौड र व्यस्तता बढ्नेछ । अरूको भरमा बस्नु उचित हुनेछैन । आफ्नै बल विवेकले काम गर्नु बेस रहला । विवाद आदिमा समाधान प्राप्त हुनेछ । ठूलो रकमको लगानीको सम्बन्धमा महत्वपूर्ण कागजपत्रमाथि हस्ताक्षर गर्दा सचेत रहनुपर्नेछ । आयस्रोत बढ्नाले आर्थिक समस्या समाधान हुनेछ ।

मकर – विकासको नयाँ सम्भावना देखापर्नेछ । आशा उत्साह बढ्नेछ । आयस्रोत बढ्ला । लगानी उठ्नेछ । यात्रामा सफलता मिल्ला । लेखन प्रकाशन सित सम्बन्धित काम बन्नेछ । इष्टमित्रको सहयोग मिल्नेछ । नयाँ-नयाँ काम बन्ला । मान महत्व वर्चस्व पर्नेछ । बौद्धिक र रचनात्मक काम बन्नुको साथै सुख शान्ति बढ्नेछ ।

कुम्भ – बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ने छ । दायित्व पूरा गर्नुहुनेछ । यश वर्चश्व बढ्ला । भोजभतेरमा भाग लिनुहुनेछ । आर्थिक वार्तामा सफलता पाउनुहुनेछ । सभा र समारोहमा मान पुरस्कार प्राप्ति होला । दरिद्री भागेर आर्थिक उत्थानको बाटो देखापर्ला । उच्चाधिकारीको साथ मिल्नेछ । आफन्तको सहयोग समर्थन प्राप्त हुनेछ । गौरव बढ्नेछ ।

मीन – भाग्यवर्द्धक काम बन्नेछ । कार्य व्यापारमा पनि प्रगति होला । रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । आर्थिक पक्ष बलियो बन्ने छ । विजयपथमा अग्रसर रहिरहनु हुनेछ । सफलता र समृद्धिले पाइला चुम्नेछ । यात्रा होला । रसरागमा प्रवृत्ति बढ्नेछ । आरोग्यता बढ्नेछ ।