मंगलबार संक्रमणबाट पाँच जनाको मृत्यु, देशभरबाट थपिए १३३० संक्रमित

मंगलबार संक्रमणबाट पाँच जनाको मृत्यु, देशभरबाट थपिए १३३० संक्रमित



नेपालमा मंगलबार थप १,३३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४०२ जनामा संक्रमण देखिएको छ । काठमाडौंमा २६१, भक्तपुरमा ४३ र ललितपुरमा ९८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा देशभर ५ जना संक्रमितको मृत्यु भएको र हालसम्म मृत्यु हुनेको संख्या ११,०५३ पुगेको जनाइएको छ ।

मन्त्रालयका अनुसार मंगलबार १८३० संक्रमणमुक्त भएका छन् भने हाल देशभर २१,५२४ सक्रिय संक्रमित रहेका छन् ।

गत चौबीस घन्टामा ९ हजार ६२६ पीसीआर तथा ३ हजार ९९६ एन्टिजेन परीक्षण भएको जनाइएको छ।