८ कार्तिक २०७८, सोमबार

नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

  प्रकाशित मिति
५ आश्विन २०७८, मंगलवार ०९:५७



आईसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय श्रङ्खला खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली ओमानबाट आज स्वदेश फर्केको छ । टोलीलाई नेपाल क्रिकेट सङ्घ (क्यान) का पदाधिकारीलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

ओमानमा सम्पन्न श्रङ्खलामा नेपालले चार खेलमध्ये दुईमा जित र दुईमा हार व्यहोरेको थियो । नेपालले आइतबार भएको अन्तिम खेलमा पहिलो पटक ओमानलाई ७ विकेटले पराजित गर्दै एतिहासिक जित हासिल गरेको थियो । त्यसअघि सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई पाँच विकेटले हराएको थियो भने दोस्रो खेलमा ओमानसँग पाँच विकेटले पराजित भएको थियो । त्यस्तै तेस्रो खेलमा नेपाल अमेरिकासँग ६ विकेटले हारेको थियो ।

लिग-२ मा नेपाल, अमेरिका, ओमान, स्कटल्याण्ड, नामिबिया, युनाइटेड अरब इमिरेटस् (युएई) र पपुवा न्युगिनी रहेका छन् । नेपाल आठ खेलमा आठ अङ्क जोड्दै लिगको चौंथो स्थानमा उक्लेको छ । ओमान १४ खेलमध्ये ११ मा जित र तीनमा हारका साथ २२ अङक जोडेर शीर्ष स्थानमा कायमै छ भने अमेरिका १६ खेलमध्ये सातमा जित र नौमा हारसहित १४ अङ्कका साथ दोस्रो स्थानमा छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलसँग नेपालस्थित युनेस्को प्रमुख माइकल क्राफ्टले आज शिष्टाचार भेट गरेका छन् । शिक्षा, विज्ञान तथा

नासिर याह्या हुसेन नयाँ राष्ट्रिय कीर्तिमानसहित आबुधावीमा आयोजना हुने १५औँ फिना विश्व च्याम्पियनसीप २०२१ का लागि छनोट भएका छन् ।

नेपाली सेनाले देशका विभिन्न स्थानमा बाढीपहिरो गई जनजीवन प्रभावित इलाकामा जनशक्ति तथा स्रोेत साधन प्रयोग गरी खोज तथा उद्धार कार्य

हिन्दूमाथि भइरहेको आक्रमणको विरोध गर्दै प्रर्दशन एचएस सिंह, राजविराज बंगलादेशमा अल्पसंख्यक हिन्दूमाथि भइरहेको आक्रमणको विरोधमा हिन्दू युवाहरूले सप्तरी सदरमुकाम राजविराजमा