मौलिक संस्कृतिको जर्गेना गर्न हर्षोल्लासपूर्वक पर्व मनाउन आग्रह

मौलिक संस्कृतिको जर्गेना गर्न हर्षोल्लासपूर्वक पर्व मनाउन आग्रह


‘संविधानको सफल कार्यान्वयन गर्न सरकार प्रयत्नशील’ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले वर्षा र सहकालका देवता इन्द्रको पूजाआराधना गरी मनाइने इन्द्रजात्रा पर्वको अवसरमा नेवार समुदायलगायत सम्पूर्ण नेपालीमा सुख, शान्ति, समद्धि र सुस्वास्थ्यको शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले इन्द्रजात्राका अवसरमा शुभकामना व्यक्त गर्दै कोभिड–१९ महामारीका कारण यस्ता सामाजिक र सांस्कृतिक परम्परालाई पराम्परागत रुपमा आपसी भेटघाट, उपस्थिति र समारोहका साथ मनाउन कठिनाइ भएता पनि आफ्नो मौलिक संस्कृतिको जर्गेना गर्न स्वास्थ्यका मापदण्ड पालना गरेर हर्षोल्लासपूर्वक मनाउन आग्रह गर्नुभएको छ ।

देवराज इन्द्रको पूजाअर्चना, जीवित देवी कुमारी, गणेश र भैरवको रथयात्रा एवं विभिन्न देवीदेवताको पूजा अराधना गर्दै हर्षाेल्लासपूर्वक विशेषतः नेवार समुदायमा मनाउने परम्परा रहेको यस पर्वको आफ्नै मौलिक कला, परम्परा र संस्कृति रहेको छ ।

प्रधानमन्त्री देउवाले यस पर्वले विविध जातजाति, भाषाभाषी, संस्कृति र भौगोलिक क्षेत्रका नेपालीबीचको आपसी सम्बन्धमा विश्वास, सद्भाव, सहिष्णुता, सहयोग र भाइचाराको भावनालाई सबल बनाउँदै राष्ट्रिय एकता र सामाजिक सद्भावलाई थप सुदृढ बनाउन मद्दत पु¥याउने विश्वास लिनुभएको छ ।

उहाँले प्राचिन सभ्यता र संस्कारको अद्भूत संगमको इतिहास बोक्दै पुस्तौदेखि चलिआएको यस पर्वले मौलिक संस्कृति र परम्परालाई संरक्षण तथा प्रवद्र्धन गर्न सबैमा शक्ति तथा प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।

‘संविधानको सफल कार्यान्वयन गर्न सरकार प्रयत्नशील’

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार संविधानको भावनालाई जनताको जीवनमा महसुस हुने गरी कार्यान्वयन गर्न प्रयत्नशील रहेको बताउनुभएको छ ।

साताँै संविधान दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले अनेक चुनौतीका बाबजुद संविधानको सफल कार्यान्वयनसँगै सबैले देशको समुन्तीलाई सुनिश्चित गर्ने संकल्प गर्नु आवश्यक रहेको उल्लेख गर्नुभएको छ । मुलुकको अग्रगामी परिर्वतनका लागि अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञातअज्ञात शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री देउवाले परिवर्तनका लागि भएका संघर्षमा शारीरिक, भौतिक, आर्थिक र मनोवैज्ञानिक क्षति व्यहोर्नुभएका व्यक्तिलाई उच्च सम्मानपूर्वक स्मरण गर्नुभएको छ । साथै उहाँले प्राकृतिक विपद् र कोभिड–१९ को महामारीबाट अकालमा ज्यान गुमाउन पुगेका दिदीबहिनी तथा दाजुभाईलगायत सबैमा श्रद्धासुमन व्यक्त गर्नुभएको छ ।

नेपाली कांगे्रसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले कांग्रेस नेतृत्वको सरकारका पालामा संविधानसभाबाट विसं २०७२ असोज ३ गते घोषणा भएको नेपालको संविधान लामो संघर्षपूर्ण लोकतान्त्रिक आन्दोलनको एउटा महत्वपूर्ण उपलब्धि भएको बताउनुभएको छ । ‘कांग्रेसको नेतृत्वमा सबै दल तथा नागरिकको सहयोगमा मुलुकमा क्रमशः शान्ति स्थापना, संविधान निर्माण तथा सङ्घ, प्रदेश र स्थानीय तहको निर्वाचन भइ संविधान कार्यान्वयन गरेको सर्वविदितै छ । यो संविधानले लोकतन्त्र र मानव अधिकारका विश्वव्यापी मान्यतालाई आत्मसात् गर्दै सबैको हक र अधिकार सुनिश्चित गरेको छ’, शुभकामना सन्देशमा उल्लेख छ ।